नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट वितरणको तयारी गरेको छ । बैंकले असोजको अन्तिम सातादेखि नयाँ सुकिला नोट साट्ने व्यवस्था हुने जनाइएको छ ।
केन्द्रीय बैंकका अनुसार अघिल्ला वर्ष झै प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गरिनेछ । बैंकले अहिले नोट कति आवश्यक पर्ने हो भन्ने बारे विवरण संकलन गरिरहेको जनाइएको छ । विवरण संकलन पश्चात् राष्ट्र बैंकले सर्वसाधारण तथा बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट उपलब्ध गराउनेछ ।
सर्वसाधारणले रु. ५, रु. १०, रु. २०, रु. ५० र रु. १०० दरका एक–एक बन्डल गरि कुल १८ हजार पाँच सय रुपैयाँ सटही गर्न पाउनेछन् । दशैँका बेला दक्षिणा, पुजापाठ आदि कार्यका लागि नयाँ नोट प्रयोग गर्ने प्रचलन रहिआएको छ ।
यसैगरी बैंकले यसपटक नोट सटही कार्यलाई सहज बनाउन क्युआर मार्फत नै भुक्तानी गर्न मिल्ने व्यवस्था पनि गर्ने जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस