Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबको हेल्थ प्याकेजमा आकर्षक छुट

अर्थ संसार

मंगलबार, २१ भदौ २०७९, १७ : ३३ मा प्रकाशित

सिटिजन्स बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबको हेल्थ प्याकेजमा आकर्षक छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित “क” वर्गको नेसनल प्याथ ल्याब बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्य सम्बन्धि जाँच र हेल्थ प्याकेजहरुमा १७% सम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको