Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंक र फुडमाण्डुबीच सम्झौता, ग्राहकलाई छुट

अर्थ संसार

विहीबार, २३ भदौ २०७९, ११ : २२ मा प्रकाशित

माछापुच्छ्रे बैंक र फुडमाण्डुबीच सम्झौता, ग्राहकलाई छुट

माछापुच्छ्रे बैंक र फुडमाण्डुबीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंक फुडमाण्डुको आधिकारीक बैंकिङ्ग पार्टनर हुनेछ ।

फुडमाण्डुको तर्फबाट अध्यक्ष मनोहर अधिकारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट चिफ बिजनेश अफिसर टिका भट्टराईले, बैंकका चिफ डिजिटल बैंकिङ्ग अफिसर माधव सुवेदीको  उपस्थितिमा हस्ताक्षर गरेका छन् । 

साथै माछापुच्छ्रे बैंकका ग्राहकहरूले फुडमाण्डुमा आवद्ध भएका विभिन्न होटल तथा  रेष्टुरेन्ट मार्फत खाना अर्डर गरी अनलाईन मार्फत बैंकको क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा दैनिक २०% (बढीमा रु. ३००) सम्मको क्यासब्याक पाउन सक्नेछन् । बैंकले आउँदै गरेको दशैं तिहार, एवं छठ पर्वको अवसरलाई मध्यनजर राखी  ३ महिनाको लागि उक्त क्यासब्याक योजना प्रदान गर्ने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको