Like us!
Follow us!
Connect us!
Watch us!

सपोर्ट लघुवित्तको संस्थापक सेयर भर्ने आज अन्तिम माैका

अर्थ संसार

विहीबार, २३ भदौ २०७९, ११ : ४२ मा प्रकाशित

सपोर्ट लघुवित्तको संस्थापक सेयर भर्ने आज अन्तिम माैका

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रीमा ल्याएको १३ हजार ७१५ कित्ता संस्थापक सेयर किन्ने बिहीबार अन्तिम दिन हो । बिहीबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

सेयरको भाउ प्रतिकित्ता न्यूनतम ६५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले यसलाई न्यूनतम आधार मानेर दर रेट तोक्नुपर्नेछ ।

सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संघ संस्थाहरुले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड टेकु, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

यसमा लघुवित्तका विद्यमान अन्य संस्थापक सेयरधनीको आवेदन नपरेको हुँदा अन्य व्यक्ति वा संघ संस्थाले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको