Like us!
Follow us!
Connect us!
Watch us!

सपोर्ट लघुवित्तको तेस्रो त्रैमास - १४८ प्रतिशत बढ्यो नाफा,कस्तो छ अन्य सुचकको अवस्था ?

अर्थ संसार

सोमबार, ०८ बैशाख २०८२, ११ : १८ मा प्रकाशित

सपोर्ट लघुवित्तको तेस्रो त्रैमास - १४८ प्रतिशत बढ्यो नाफा,कस्तो छ अन्य सुचकको अवस्था ?

सपोर्ट लघुवित्त वित्तीय संस्थाको नाफामा छलाङ देखिएको छ ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा यस लघुवित्तले ३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिमा कमाएको १ करोड २३ लाख रुपैयाँको तुलनामा १४८.३७ प्रतिशत बढी हो । 

समीक्षा अवधिमा संस्थाको  खुद ब्याज आम्दानी ७७.४७ प्रतिशतले बढेर ८ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

सञ्चालन नाफा २४९.२८ प्रतिशतले बढेर ४ करोड ६५ लाख रुपैयाँमा पुगेको छ ।

चुक्ता पुँजी १२ करोड २४ लाख रुपैयाँ रहेको सपोर्टको जगेडा कोषमा ६ करोड ४६ लाख रुपैयाँ जम्मा छ । नाफा बढेपछि यसको प्रतिसेयर आम्दानी पनि १६ रुपैयाँ ९ पैसाले बढेर ३३ रुपैयाँ ३७ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ७९ पैसा छ । कम्पनीले १ अर्ब ८४ करोडबढी ऋण दिएको छ। कम्पनीको निष्क्रिय कर्जा सामान्य बढेर १.६४ प्रतिशत कायम भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको