माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका थिए । सम्झौता पश्चात बैंकद्धारा लगानी हुने तीन करोडसम्मका कृषि कर्जाहरुको कर्जा सुरक्षण गरिनेछ ।
यसअघि, माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार “ सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि ” अन्तर्गत प्रवाह भएका शिक्षित युवा स्वरोजगार कर्जा अन्तर्गत रु. ७ लाखसम्म, बैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा तथा दलित समुदाय ब्यवसाय विकास कर्जा अन्तर्गत लगानी भएका रु. १० लाखसम्म र महिला उद्यमशीलता कर्जा अन्तर्गत लगानी भएका रु. १५ लाखसम्मको कर्जा सुविधाहरुको कर्जा सुरक्षण गर्दै आईरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस