Like us!
Follow us!
Connect us!
Watch us!

सेना, प्रहरी, कलेजसहितलाई बहाल कर तिर्न काठमाडौं महानगरको पत्राचार

अर्थ संसार

विहीबार, २३ भदौ २०७९, १७ : ५० मा प्रकाशित

सेना, प्रहरी, कलेजसहितलाई बहाल कर तिर्न काठमाडौं महानगरको पत्राचार

काठमाडौं महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी, समाज कल्याण परिषद्सहितलाई बहाल कर तिर्न पत्राचार गरेको छ । 

महानगरको राजस्व विभागले बिहीबार नेपाली सेना, समाज कल्याण परिषद्, शंकरदेव क्याम्पस, आरआर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती बहुमुखी क्याम्पस र नेपाल कमर्श क्याम्पसलाई १० दिनभित्र सम्बन्धित् वडा कार्यालयमा गई निमानुसार बहाल कर र सो को जरिवानासहित बुझाउन पत्राचार गरेको हो । 

अन्यथा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह असुल उपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने महानगरले चेतावनी दिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको