Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीप लामिछानेलाई पक्राउ गर्न काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी

अर्थ संसार

विहीबार, २३ भदौ २०७९, १७ : ५३ मा प्रकाशित

सन्दीप लामिछानेलाई पक्राउ गर्न काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी

नेपाली राष्ट्रीय क्रिकेट टोलीको कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न काठमाण्डौ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । 

एक जना १७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा अनुसन्धान गर्न उनको नाममा आज काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । 

‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’  कसूरमा निज सन्दिप लामिछाने उपर थप अनुसन्धान गर्नका लागि सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको,’ जिल्ला प्रहरी परिसर काठमाडौंले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

एक जना १७ वर्षीया बालिकाले मंगलबार लामिछानेले गौशालाको एक होटमा लगि आफूलाई बलात्कार गरेको भन्ने उजुरी प्रहरी बृत्त गौशालामा दिएकी थिइन् । 

ती बालिकाको जाहेरीको आधारमा लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको