Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीप भन्छन्- ‘आशा छ कानुनले न्याय दिनेछ, आरोपको सामना गर्न सिपिएल छोडेर स्वदेश फर्कन्छु’

अर्थ संसार

शुक्रबार, २४ भदौ २०७९, ०८ : ०९ मा प्रकाशित

सन्दीप भन्छन्-  ‘आशा छ कानुनले न्याय दिनेछ, आरोपको सामना गर्न सिपिएल छोडेर स्वदेश फर्कन्छु’

बालिका करणी गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका कप्तान आफू निर्दोष भएको र नेपाल चाडै फर्कने बताएका छन् ।  

सामाजिक सन्जालमा लेख्दै सन्दीपले आफू स्तब्ध भएको र केही दिनमा सिपिएल छोडेर स्वदेश फर्कने बताए । "म स्तब्ध छु र राख्छु, नेपालको कानुनलाई पूर्ण विश्वास गर्दै सिपिएल छाडेर केही दिनमै नेपाल फर्कदै छु । म यो आधारहीन आरोपको सामना गर्न तयार छु   । आशा छ कि कानुनले सबैलाई बराबर न्याय दिनेछ" सन्दीपले लेखेका छन् ।

गत भदौ ५ गते सन्दीपले १७ वर्षे किशोरी करणी गरेको नेपाल पुलिसमा उजुरी परेको थियो । यसपछी अदालतले बिहिवार मात्रै उनलाई पक्राउ पूर्जी आदेश दिएको छ । यता, बिहिवार नै नेपाल क्रिकेट संघ क्यालले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको