Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीप लामिछाने आज नेपाल पुग्दै, विमानस्थलबाटै पक्राउ गर्ने प्रहरीको तयारी

अर्थ संसार

सोमबार, २७ भदौ २०७९, १४ : २५ मा प्रकाशित

सन्दीप लामिछाने आज नेपाल पुग्दै, विमानस्थलबाटै पक्राउ गर्ने प्रहरीको तयारी

बालिका बलात्कारको आरोपमा निलम्बित क्रिकेटर सन्दीप लामिछाने आज नेपाल पुग्दैछन् । सिपिएल खेल्न वेष्ट इन्डिज गएका लामिछाने बलात्कारको अभियोग लागेपछि नेपाल फर्किन लागेका हुन् । 

स्रोतका अनुसार सन्दिप आज रातिसम्ममा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । वेष्टइन्डिजबाट नेपाल आँउदा धेरै ट्रान्जिटहरु पर्ने भएकाले उनलाई नेपाल पुग्न केहि समय लागेको र आज राति अबेर सम्ममा भएपनि उनि नेपाल अवतरण हुने स्रोतको दावी छ ।  

बलात्कारको अभियोगमा काठमांडौ जिल्ला अदालतबाट उनका नाममा पक्राउपुर्जी जारी भइसेको छ भने अध्यागमन विभागले समेत उनलाई कालो सुचिमा राखेको छ । सन्दिपलाई विमानस्थलबाट नै पक्राउ गर्ने प्रहरीको तयारी छ । 

‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’  कसूरमा निज सन्दिप लामिछाने उपर थप अनुसन्धान गर्नका लागि सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको,’  थियो । 

त्यस्तै सन्दीपले आफ्नो सामाजिक सन्जाल मार्फत केही दिनमा सिपिएल छोडेर स्वदेश फर्कने बताएका थिए । म स्तब्ध छु र राख्छु, नेपालको कानुनलाई पूर्ण विश्वास गर्दै सिपिएल छाडेर केही दिनमै नेपाल फर्कदै छु । म यो आधारहीन आरोपको सामना गर्न तयार छु । आशा छ कि कानुनले सबैलाई बराबर न्याय दिनेछ सन्दीपले लेखेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको