Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीप लामिछानेविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस जारी, अब १३५ देशका प्रहरीले खोज्ने

अर्थ संसार

सोमबार, १० असोज २०७९, १९ : २९ मा प्रकाशित

सन्दीप लामिछानेविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस जारी, अब १३५ देशका प्रहरीले खोज्ने

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ ।

नेपाल प्रहरीको आग्रह अनुसार इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक(पटक बलात्कार गरेको आरोप लागेको थियो। 

डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको