Like us!
Follow us!
Connect us!
Watch us!

युवाहरूलाई धेरै रक्सी पिउन प्रोत्साहन गर्दै जापान सरकार !

अर्थ संसार

सोमबार, २७ भदौ २०७९, ०८ : २४ मा प्रकाशित

युवाहरूलाई धेरै रक्सी पिउन प्रोत्साहन गर्दै जापान सरकार !

जापान सरकारले भने आफ्नो देशका युवाहरूलाई बढीभन्दा बढी मदिरा पिउन अपिल गरेको छ । देशमा मदिराको बिक्री घट्न थालेपछि बिक्री बढाउन जापान सरकारले साका भिभा नामक अभियान सुरु गरेको हो ।

जापानको राष्ट्रिय कर एजेन्सीले सुरु गरेको सो अभियान अन्तरगत २० देखि ३९ वर्ष उमेरका युवाहरू मदिरा उद्योगको पुनरुत्थानका लागि नयाँ अवधारणाका साथ अगाडि आउने अपेक्षा गरिएको छ ।

ऐजेँसीका अनुसार अहिले जापानमा घट्दो जन्मदर, बढ्दो पाको जनसंख्या तथा कोरोना भाइरस महामारीका कारण मदिराजन्य पदार्थहरुको बिक्रि घटेको हो । मदिराको बिक्रि घटेसंगै सरकाले यसबाट प्राप्त गर्ने करमा समेत गिरावट आएको छ । सन् १९८० मा जापान सरकारले संकलन गर्ने कुल वार्षिक करमा ५ प्रतिशत हिस्सा मदिराबाट प्राप्त गर्ने कर रहेकोमा हाल त्यो घटेर १.७ प्रतिशतमा झरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको