Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाईफद्वारा परियोजनाका लागि आर्थिक सहयोग

अर्थ संसार

सोमबार, २७ भदौ २०७९, ११ : २६ मा प्रकाशित

नेशनल लाईफद्वारा परियोजनाका लागि आर्थिक सहयोग

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक सहयोग गरेकाे छ । 

सुनकोशी गाउँपालिका र एक एक पाईला फाउण्डेसन बीचको सहकार्यमा सञ्चालित एक एक पाईला ठोकर्पा आधारभूत अस्पतालमा दाता सम्मान तथा अभिनन्दन कार्यक्रमकाे अवसरमा कम्पनीले  उक्त भेगमा बसोबास गर्ने जनताले सर्व सुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सकोस् भन्ने उदेश्यले सो परियोजना कार्यान्वयनका लागि रु २० लाख आर्थिक सहयोग उपलब्ध गराएको हाे ।

सुनकोशी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष कुमार शाहीको मूख्य आतिथ्य तथा एक एक पाइला फाउण्डेसनका अध्यक्ष डा. सुमन शम्सेर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो ।

उक्त परियोजनाबाट ठूलो संख्यामा सो क्षेत्र र आसपासका सर्व साधारण हरु लाभान्वित हुने अपेक्षा गरिएको छ । सो समारोहमा अस्पताल व्यवस्थापनबाट आर्थिक सहयोग प्रदान गरे बापत कम्पनीका उप कार्यकारी प्रमुख प्रताप मान श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको