Like us!
Follow us!
Connect us!
Watch us!

२ कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

मंगलबार, २८ भदौ २०७९, १२ : ३५ मा प्रकाशित

२ कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

विभिन्न २ वटा कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज (भदाै २८ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । सनराइज फर्स्ट म्युचुअल फण्ड र एनआईबिएल प्रगति फण्डकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे । 

दुवै फण्डलेे लाभांश वितरण गर्ने प्रयाेजनका लागि भदाै २९ गते एकदिन बुकक्लाेज गर्ने निर्णय गरेका छन्  । त्यसैले, आज भदाै २८ गते, मंगलबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने ईकाईधनीहरुले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

सनराइज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीहरूलाई करसहित १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

त्यसैगरी, एनआईबिएल एस क्यापिटल लिमिटेडकाे भदाै ९ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले एनआईबिएल प्रगति फण्डका इकाईधनीहरूलाई  आर्थिक वर्ष २०७८/ ७९ को मुनाफाबाट करसहित ४.२० प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको