Like us!
Follow us!
Connect us!
Watch us!

नेपालीले नामै नसुनेको देशले नेपालमा गर्यो साढे १४ अर्बभन्दा बढी लगानी

अर्थ संसार

मंगलबार, २८ भदौ २०७९, १६ : ३७ मा प्रकाशित

नेपालीले नामै नसुनेको देशले नेपालमा गर्यो साढे १४ अर्बभन्दा बढी लगानी

सेन्ट किट्स एण्ड नेभिस – एउटा टापु देश हो, जुन वेस्ट इन्डिज क्षेत्रमा छ । यो देशको नाम अधिकांश नेपालीले सुनेकै छैनन् । 

सुन्दा अचम्म लाग्नसक्छ, जुन देशको नाम अधिकांश नेपालीले सुनेकै छैनन् त्यही देशबाट नेपाएमा साढे १४ अर्ब रुपैयाँभन्दा बढीको लगानी आएको छ । 

हो, सेन्ट किट्स एण्ड नेभिस देशबाट आर्थिक वर्ष २०७७/७८ सम्ममा नेपालमा १४ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७/७८’ उक्त कुरा समेटिएको छ । 

प्रतिवेदनअनुसार २०७८ असार मसान्तसम्मा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी क्रमसः भारतबाट ७५ अर्ब ८१ करोड रुपैयाँ, चीनबाट ३३ अर्ब रुपैयाँ, आयरल्याण्डबाट १६ अर्ब ४८ करोड रुपैयाँ, सिङ्गापुरबाट १५ अर्ब ४८ करोड रुपैयाँ र सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ रहेको देखिन्छ । 

नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी गर्नेको सूचीमा सेन्ट किट्स एण्ड नेभिस पाँचौं नम्बरमा रहेको छ । हालसम्म नेपालमा भएको प्रत्यक्ष वैदेशिक लगानीको ६.४ प्रतिशत हिस्सा सेन्ट किट्स एण्ड नेभिसको रहेको छ । 

सेन्ट किट्स एण्ड नेभिसको क्षेत्रफल मात्र २६१ कीलोमिटर स्क्वायर छ जुन नेपालको क्षेत्रफलभन्दा ५६३ गुनाभन्दा बढीले सानो हो । सेन्ट किट्स एण्ड नेभिसको जनसंख्या करिव साढे ४७ हजार रहेको छ । यो भनेको नेपालको जनसंख्याभन्दा ६१३ गुनाले कम हो । सेन्ट किट्स एण्ड नेभिसको ८७.६ प्रतिशत जनसंख्या क्रिस्चियन रहेका छन् । 

राष्ट्र बैंकका अनुसार सेन्ट किट्स एण्ड नेभिसबाट नेपाल भएको सबै प्रत्यक्ष वैदेशिक लगानी सेवा क्षेत्रमा भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको