Like us!
Follow us!
Connect us!
Watch us!

कुल विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घट्यो, ११ खर्ब ९७ अर्ब ८५ करोड कायम

अर्थ संसार

विहीबार, ३० भदौ २०७९, १८ : ०४ मा प्रकाशित

कुल विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घट्यो, ११ खर्ब ९७ अर्ब ८५ करोड कायम

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा कुल विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घटेको जनाएको छ । 

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले कमी आई २०७९ साउन मसान्तमा ११ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँ कायम भएको छ । 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ साउन मसान्तमा १.२ प्रतिशतले कमी आई ९ अर्ब ४२ करोड कायम भएको राष्ट्र बैंकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ साउन मसान्तमा ०.७ प्रतिशतले कमी आई १० खर्ब ४९ अर्ब ११ करोड कायम भएको छ । 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ साउन मसान्तमा ६.७ प्रतिशतले कमी आई १ खर्ब ४८ अर्ब ७४ करोड कायम भएको छ । 

२०७९ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको