Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकले बढायो ब्याजदर, कुन खातामा कति ?

अर्थ संसार

शुक्रबार, ३१ भदौ २०७९, ०५ : ५७ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकले बढायो ब्याजदर, कुन खातामा कति ?

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि असोज १ गते, शनिबारबार बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैंकले असोजदेखि लागु हुने गरी बैंकको ब्याजदरमा बृद्धि गरेको छ । विगत ६ महिनादेखि ब्याजदरमा कायम भद्र सहमती अब तोड्दै वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको बिहीबार बिहान बसेको बैठकले वाणिज्य बैंकहरुले स्वतन्त्र रुपले ब्याजदर तोक्न सक्ने निर्णय गरेको थियो ।

बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १३.१३ प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.१३ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १३.१३ प्रतिशत व्याज प्रदान गर्ने छ । 

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ७.८६ प्रतिशत रहेको छ । 

बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर यस प्रकारको छः

6323bf969e91d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको