Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकले नियम विपरित ब्याजदर बढायो, मुद्दती निक्षेपमा १५.१३ प्रतिशत ब्याज !

अर्थ संसार

शुक्रबार, ३१ भदौ २०७९, ०६ : ३४ मा प्रकाशित

प्रभु बैंकले नियम विपरित ब्याजदर बढायो, मुद्दती निक्षेपमा १५.१३ प्रतिशत ब्याज !

प्रभु बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (असोज १ गते, शनिबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको छ तर उक्त नयाँ ब्याजदर नियम विपरित भएको पाइएको छ ।

बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले एक पटकमा अधिकतम १० प्रतिशतसम्म मात्र ब्याजदर बढाउन सक्ने व्यबस्था गरेको छ तर प्रभु बैंकले उक्त नियमको उल्लंघन गर्दै बढि ब्याजदर प्रकाशन गरेको हो । चालु महिनामा बैंकहरुले मुद्दती निक्षेपमा ११.०३ र रेमिट्यान्स मुद्दती निक्षेपमा १२.०३ प्रतिशतसम्म ब्याज दिइरहेको छन् अब बैंकहरुले असोज महिनाका लागि अधिकतम १० प्रतिशत मात्र ब्याज बढाउन पाँउछन् जस अनुसार मुद्दती निक्षेपमा १२.१३ र रेमिट्यान्स मुद्दती निक्षेपमा १३.२३ प्रतिशतसम्म ब्याज दिन सक्छन् तर प्रभु बैंकले भने तिन महिना भन्दा बढिको प्रभु उन्नती मुद्दतीमा १५.१३ प्रतिशत ब्याज सार्वजनिक गरेको छ । 

बैंकले असोजदेखि लागु हुने गरी बैंकको ब्याजदरमा बृद्धि गरेको छ । विगत ६ महिनादेखि ब्याजदरमा कायम भद्र सहमती अब तोड्दै वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको बिहीबार बिहान बसेको बैठकले वाणिज्य बैंकहरुले स्वतन्त्र रुपले ब्याजदर तोक्न सक्ने निर्णय गरेको थियो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याज दिनेछ ।  बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १३.१३ प्रतिशतसम्म तोकिएको छ ।  रेमिटान्स मुद्धती निक्षेपमा भने बैंकले १५.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

बैंकले​ प्रकाशन​ गरेको नयाँ व्याजदर यस प्रकारको छः

6323c8d6bfe85.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको