Like us!
Follow us!
Connect us!
Watch us!

आइतबारदेखि उपत्यकाका वाणिज्य बैंकले दशैंको लागि नयाँ नोट दिने

अर्थ संसार

शुक्रबार, ३१ भदौ २०७९, १३ : ३३ मा प्रकाशित

आइतबारदेखि उपत्यकाका वाणिज्य बैंकले दशैंको लागि नयाँ नोट दिने

 असोज २ गते आइतबारबाट काठमाडौं उपत्यका भित्रका इजाजत प्राप्त ‘क’ वर्गका बाणिज्य बैंकहरुले पनि दशैंको लागि नयाँ नोट सटही गरिदिने भएको छन् । 

नयाँ नोट सटही गर्न सहज होस् भनेर यसवर्ष सम्पूर्ण वाणिज्य बैंकहरुलाई नयाँ नोट उपलब्ध गरिसकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले सबै ‘क’ वर्गका बाणिज्य बैंकलाई काठमाडौं उपत्यका भित्रका तोकिएका शाखाबाट कार्यालयहरु मार्फत नयाँ नोट सटहीको व्यवस्था मिलाउन समेत भनेको छ । 

राष्ट्र बैंकका अनुसार रु. ५, १०, २०, ५० र १०० दरको प्रति व्यक्ति बढीमा एक÷एक प्याकेटका दरले बढीमा साढे १८ हजार रुपैयाँसम्मको सटही सुविधा गराइनेछ । 

सर्वसाधारणलाई नयाँ नोट सटहीको लागि काठमाडौं उपत्यका भित्रका कम्तीमा ५ वटा शाखा कार्यालयहरु तोकी आफ्नो वेबसाइट मार्फत सूचना दिन पनि राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई भनेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको