Like us!
Follow us!
Connect us!
Watch us!

सिक्लेस हाइड्रोको आईपीओमा कति पर्यो आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट

अर्थ संसार

शुक्रबार, ३१ भदौ २०७९, १५ : ४५ मा प्रकाशित

सिक्लेस हाइड्रोको आईपीओमा कति पर्यो आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट

सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ २९ गते, बुधबारदेखि सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदनको ओइराे लागिरहेकाे छ ।

सीडीएसका अनुसार शुक्रबार दिउँसाे १:४२ बजेसम्ममा कम्पनीकाे आईपीओमा ९ लाख ७२ हजार ७ सय ९३ जना लगानीकर्ताले १ अर्ब १० करोड ३७ लाख ४५ हजार रुपैयाँ बराबरको १ करोड १० लाख ३७ हजार ९ सय ४५ कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।​

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा असोज २ गतेसम्म आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको