Like us!
Follow us!
Connect us!
Watch us!

सिक्लेस हाइड्रोपावरले घोषणा गर्यो लाभांश,१ः१ को अनुपातमा हकप्रद सेयर ल्याउने

अर्थ संसार

सोमबार, २६ साउन २०८२, ११ : ३१ मा प्रकाशित

सिक्लेस हाइड्रोपावरले घोषणा गर्यो लाभांश,१ः१ को अनुपातमा हकप्रद सेयर ल्याउने

सिक्लेस हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ।

साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले अघिल्ला दुई आर्थिक वर्षको नाफाबाट कुल चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सो बोनसमा लाग्ने कर तिर्न ०.७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

त्यससँगै कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीमा १:१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय पनि गरेको छ। यी प्रस्तावहरू आगामी वार्षिक साधारणसभामा पारित गरिनेछ। तर, साधारणसभाको मिति भने अहिलेसम्म तय गरिएको छैन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको