Like us!
Follow us!
Connect us!
Watch us!

सिक्लेस हाइड्रोको आईपीओमा पहिलो दिन नै पर्यो मागभन्दा धेरै आवेदन, कतिले भरे ?

अर्थ संसार

बुधबार, २९ भदौ २०७९, १७ : ३४ मा प्रकाशित

सिक्लेस हाइड्रोको आईपीओमा पहिलो दिन नै पर्यो मागभन्दा धेरै आवेदन, कतिले भरे ?

सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले आज भदौ २९ गते, बुधबारदेखि सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा पहिलो दिन नै मागभन्दा धेरै आवेदन परेको छ ।

सीडीएसका अनुसार पहिलाे दिन साँझ ५ बजेसम्ममा कम्पनीकाे आईपीओ २ लाख ९० हजार ८ सय २७ जनाले ३३ लाख २३ हजार २ सय ८० कित्ताका लागि आवेदन दिएका छन् । यो माग भन्दा ३.१४ गुणा बढी आवेदन हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।​

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । छिटोमा असोज २ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद असोज १२ गते सम्म आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको