Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ पुगेका सबै ठाँउमा दोस्रो बजार पनि पुग्न सकोस, ब्रोकर मालिक हैन सेवक बन्नु पर्छ

अर्थ संसार

आइतबार, ०२ असोज २०७९, ०८ : ५२ मा प्रकाशित

आईपीओ पुगेका सबै ठाँउमा दोस्रो बजार पनि पुग्न सकोस, ब्रोकर मालिक हैन सेवक बन्नु पर्छ

सेयर बजार बिश्लेषक रबिन्द्र भट्टराईले ब्रोकर मालिक हैन सेवक बन्न सक्नुपर्ने बताएका छन् । आज आईतबार धितोपत्र बोर्डले नयाँ ब्रोकर लाईसेन्सका लागि आवेदन खुलाएपनि उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक माफैत यस्तो धारणा व्यक्त गरेका हुन् । 

उनले लेखेका छन् 'धितोपत्र बोर्डले सेयर ब्रोकर थप गर्न नया आवेदन खुला गरेको छ । पुँजि, प्रविधि र थप सेवा सहितको प्रतिस्पर्धि बजार निर्माण गर्न यसले सहयोग पुग्ने आश गर्न सकिन्छ । कामना गरौ आइपिओ पुगेका ठाँउ सम्म दोस्रो बजार पुग्न सकोस । ब्रोकर मालिक हैन सेवक बन्न सकुुन । अँ साँचि संसदको समय सकिइ सकेको छ । नत्र भने अर्थ समिति भन्नेका सभापति यो सूचना गैह्रकानुनी छ भनेर आज कुर्लदै अध्ययन ९भ्रमण, ढिला सुस्ति, सिकारु० समिति पनि गठन गर्ने थिए होलान।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको