Like us!
Follow us!
Connect us!
Watch us!

मर्जरका नाममा सेयर कारोबारमा गरिएका अमानवीय हर्कत !

रबिन्द्र भट्टराई

अर्थ संसार

बुधबार, ०९ चैत्र २०७८, ०६ : ४३ मा प्रकाशित

मर्जरका नाममा सेयर कारोबारमा गरिएका अमानवीय हर्कत !

मर्जरका नाममा धेरै कम्पनीको सेयर कारोेबार बर्षौ देखि बन्द गरिदिएर नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र नेपाल राष्ट्र बैंकले लगानीकर्ता प्रति अमानविय मात्र हैन विश्व बजारको अभ्यास विपरित काम गरिरहेका छन । नेपाल धितोपत्र बोर्डले विश्व वित्तीय सप्ताह मनाइ रहदा बजारमा उसले लगानीकर्ता प्रति गरेका हर्कतलाई राम्ररि बुझ्ने प्रयास गरोस ।

दुर दराजबाट रुखमाथि चढेर नेपाल टेलिकमका सिग्नल खोज्दै दश कित्ता सेयरका लागि आवेदन दिने लगानीकर्ताका समस्यामा यीनका दृष्टि पुगुन । केहि कमाउन सकिन्छकि भन्ने आशले गरेको लगानीलाई विक्री गर्ने सहज पहुँच दिनु धितोपत्र बोर्डको पहिलो कर्तव्य हो । तर उ यो गर्न चाही रहेको छैन । 

सेयरधनीले उनको प्रजातान्त्रिक अधिकारको प्रयोग गरेर गरेका निर्णयलाई सम्मान गर्नु नेपाल राष्ट्र बैकको कर्तव्य हुन्छ । यसैले नेपाल इन्भेष्टमेन्ट बैक र हिमालयन बैकको सेयर कारोबार तत्काल खोलिनु पर्छ । यस्तै मर्जरमा जाने कम्पनी तथा तिनका लाखौ सेयरधनीले अपराधिक काम गरे झै उनका सेयर कारोबार बर्षौ सम्म राक्नु न्यायोचित हुदैन ।

सेयर बजारलाई जहिले पनि सट्टेवाजिको औजारका रुपमा मात्र हेर्ने नियामकले लगानीकर्ताले त्यहि सेयर बेचेर टार्नु पर्ने हजारौ समस्यामाथि पनि ध्यान पुर्याउन आवश्यक छ । त्यस्ता समस्या समाधान गर्नबाट बन्चित गरिनु के न्याय संगत छ? के यो फेयर छ?

कम्पनी विच कुन अनुपातमा मर्जर हुने भन्ने ती कम्पनीको सेयरको बजार मूल्य भन्दा पनि उनका वित्तिय अवस्थाका आधारमा निर्धारण गरिन्छ । यसैले कम्पनी मर्जरमा जाने भन्ने प्रारम्भिक सम्भौता भै सकेपछि ति कम्पनीको सेयर कारोबार तत्कालै खोलिनुपर्छ । यदि हामीले मर्जरमा जाने कम्पनीको यसरी नै कारोबार बन्द गर्दै गयौ भने बजारले स्वतन्त्र रुपमा तीनको मूल्यांकन गर्न पाउने परिस्थितिबाट सँधै बन्चित गर्नेछौ र हाम्रो बजारले त्यस्ता कुरालाई सहि मूल्यांकन गर्ने अवसर पाउने छैन ।

कारोबार खोलि सकेपछि बजारले उचित ठाने बढ्नु पर्ने कम्पनीको सेयर मूल्य बढ्ने छ भने घट्नु पर्ने कम्पनीको मूल्य घट्ने छ । मर्जरको निर्णयको केहि दिन मूल्यमा अस्वभाविक उतारचढाव होला तर मर्जर सकिने समय सम्म त्यसरी नै अस्वभाविक अवस्था अवस्य पनि रहने छैन । यसैले पनि जुम्रा मार्न टाउको नै छिनाउने प्रबृत्तिको अन्त्य गर्दै बैकल्पिक औषधिहरु खोज्न जरुरी छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको