Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा किन हुन्नन् यी कामहरु ?

रबिन्द्र भट्टराई

अर्थ संसार

विहीबार, २६ जेठ २०७९, ०८ : ४९ मा प्रकाशित

सेयर बजारमा किन हुन्नन् यी कामहरु ?

सेयर विश्लेषक एबं लेखक रबिन्द्र भट्टराईले बजारका विकासका लागि हुनुपर्ने विभिन्न १० कामहरु सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्ता १० वटा कामहरु सार्वजनिक गरेका हुन् ।

सेयर बजारमा किन हुन्नन यी काम हरु ? भाग १

१) दोस्रो बजारमा कम्पनीका सञ्चालक, संस्थापक तथा आधारभूत सेयरधनीको सेयर कारोबारलाई बढीभन्दा बढी पारदर्शी बनाई बजारमा पारदर्शिता कायम गर्ने ।

२) सेयर ब्रोकरकहाँ कारोबार खाता खोल्दा जस्तो कुनै कम्पनीमा संस्थापक रहेमा, सञ्चालक रहेमा, आधारभूत सेयरधनी भएमा त्यस्ता विवरण अनिवार्य खुलाउनु पर्ने र कारोबार गर्दा आफ्नो कारोबार खातामा अध्यावधिक गर्नुपर्ने व्यवस्था गर्ने ।

३) इन्ट्रा डे कारोबारलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउने र आज बेचेको सेयरको पैसाले तत्कालै पुनः सोही कम्पनीको वा चाहेको अन्य जुनसुकै कम्पनीको सेयर किन्न सक्ने बनाउने । तर आज बेचेको सेयरको पैसा भने हिसावकिताव राफसाफ भएपछि मात्र खाताबाट झिक्न पाउने व्यवस्था गर्ने ।

४) लगानीकर्ता आफैं वा ब्रोकर जोसुकै माध्यमबाट कारोबार भए पनि दोस्रो बाजारमा कारोबार भइसकेपछि तत्काल त्यसको जानकारी एसएमएस, इमेल वा दुबैमार्फत् लगानीकर्तालाई जानकारी दिने व्यवस्था गर्न लगाउने ।

५) सेयर बजारमा सानोभन्दा सानो पुँजीलाई आकर्षित गर्न तथा थोरै पुँजी वा पैसा हुनेले पनि चाहेका कम्पनीको सेयर किनेर पोर्टफोलियो बनाउन एक कित्ताभन्दा पनि कम (फ्र्याक्सनमा )सेयर किन्न पाउने व्यवस्था गर्ने ।

६) कम्पनीले बाँडेको नगद लाभांशबाट पुनः सोही कम्पनीको सेयर खरिद गर्न लगानीकर्तालाई प्रोत्साहन गर्न लाभांश पुनः लगानी (डेभिडेन्ड रि–इनभेष्टमेन्ट प्लान ) शुरुवात गर्न कानूनी व्यवस्था गर्ने ।

७) कर्मचारीले आफूले पाएको तलबको निश्चित प्रतिशत रकमबाट हरेक महिना सोही कम्पनीको सेयर कम्पनीमार्फत् किन्न पाउने गरी कर्मचारी सेयर खरिद योजना (इम्प्लोर्ई सेयर पर्चेज प्लान) सम्बन्धी नियम बनाउने ।

८) संस्थापक र सर्वसाधारण सेयरको मूल्यमा गरिएको अन्यायपूर्ण व्यवहारलाई अन्त्य गर्ने र मूल्यमा एकरुपता कायम गर्ने । यसले एउटै कम्पनीको सेयरको दुई फरक मूल्यको अवस्थालाई अन्त्य गर्नेछ ।

९) सानो पुँजीलाई बजारमा आकर्षित गर्न एक कित्ता कारोबार वा फ्र्याक्सनमा हुने सेयर कारोबारमा लाग्ने नामसारी शुल्क हटाउने तथा ब्रोकर कमिसन घटाउने ।

१०) दोस्रो बजारमा दिइने कारोबार विवरणमा नेप्सेले संस्थापक र सर्वसाधारण सेयर कारोबारको विवरण उसको वेवसाइटमार्फत् अनिवार्य दिनुपर्ने व्यवस्था गराउने । यस्तै नगद कारोबार, मार्जिन कारोबार र कुल कारोबारको अलग–अलग विवरण वेवपेजमा राख्नुपर्ने ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको