Like us!
Follow us!
Connect us!
Watch us!

खल्ती “विस्टा ग्लोबल इन्नोभेसन एण्ड टेक एक्सलेन्स अवार्ड” बाट सम्मानित

अर्थ संसार

आइतबार, ०२ असोज २०७९, ११ : ३९ मा प्रकाशित

खल्ती “विस्टा ग्लोबल इन्नोभेसन एण्ड टेक एक्सलेन्स अवार्ड” बाट सम्मानित

खल्ती डिजिटल वालेट “विस्टा ग्लोबल इन्नोभेसन एण्ड टेक एक्स्लेन्स अवार्ड (WITSA Global Innovation & Tech Excellence Awards)” बाट मलेशियामा पुरस्कृत भएको छ । 

नेपालबाट क्यान महासंघ लगायत विश्वका विभिन्न ८० देशका सुचना तथा संचार प्रविधि सम्बन्धि संस्थाहरु सदस्य रहेको विट्सा (World Information Technology and Services Alliance - WITSA) ले मलेशियाको पेनाङमा भैरहेको वर्ल्ड कंग्रेस अन इन्नोभेसन एण्ड टेक्नोलोजी २०२२ (World Congress on Innovation & Technology 2022) को दोश्रो दिन खल्तीलाई पुरस्कृत गरेको हो ।

विगत २२ वर्षदेखि प्रत्येक वर्ष प्रदान गर्दे आएको ग्लोबल आइसिटी एक्सिलेन्स अवार्डका निम्ति विट्साले आफ्नो प्रतिनिधित्व रहेको ८० देशमा रहेका सदस्य संस्थाहरु मार्फत नामांकनका निम्ति आह्वान गरेको थियो । पुरस्कारका निम्ति विभिन्न १४ विधामा नामांकनका निम्ति आह्वान गरिएकोमा नेपालवाट क्यान महासंघमा प्राप्त विभिन्न नामांकनहरुमध्ये ३ विधाका निम्ति सुचना तथा संचार प्रविधिको क्षेत्रमा उल्लेखनीय कार्य गरेका बिभिन्न ५ वटा कम्पनी छनौट गरी पठाईएको थियो । जसमध्ये खल्ती डिजिटल वालेट (स्पारो पे प्रा.लि.) विश्वभरवाट प्राप्त सयौं नामांकनहरुमध्येबाट डिजिटल अपर्चुनिटी/ ईन्क्लुजन विधामा (Digital Opportunity/Inclusion) पुरस्कृत भएको हो ।

पुरस्कार ग्रहणका निम्ति खल्ती डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत विनय खड्का पेनाङमा उपस्थित थिए । क्यान महासंघले पुरस्कृत खल्ती डिजिटल वालेटका साथै नेपालबाट नामांकित सबैलाइ हार्दिक बधाई ज्ञापन गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको