Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत पक्राउ गरिने, अघि बढ्याे प्रक्रिया

अर्थ संसार

आइतबार, ०२ असोज २०७९, १३ : ३२ मा प्रकाशित

सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत पक्राउ गरिने, अघि बढ्याे प्रक्रिया

प्रहरी र नेपाल क्रिकेट संघ (क्यान) दुवैको सम्पर्कमा नरहेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत पक्राउ गरिने भएकाे छ । 

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछाने सम्पर्कविहीन भएपछि प्रहरीले उनलाई इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया अघि बढाएको हो।

उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको ११ दिन बितिसकेकाे छ । अदालतले भदौ २३ गते  नै उनलाई पक्राउ गर्न अनुमति दिएको थियो। तर लामिछाने अझै सम्पर्कमा छैनन्। साेही कारण जिल्ला प्रहरी परिसर काठमाडौंले इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएकाे छ ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेविरूद्ध भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो। 

भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको