Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीपविरुद्धको मुद्दामा सर्वोच्चमा पुनरावेदनमा जाने तयारीमा सरकार

अर्थ संसार

सोमबार, १७ भदौ २०८१, १५ : ५२ मा प्रकाशित

सन्दीपविरुद्धको मुद्दामा सर्वोच्चमा पुनरावेदनमा जाने तयारीमा सरकार

 क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ ।

आइतबार उच्च सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्धको मुद्धा मा सर्वोच्च जाने रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको स्रोतले बताएको हो ।

जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो ।

उच्च अदालत पाटनले सफाइ दिएपछि सो घटनामा पीडित भनिएकी गौशाला–२६ (परिवर्तित नाम) ले मुद्दा अगाडि नबढाइदिन भन्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएकी थिईन् ।

महान्यायाधिवक्ताको कार्यालयले पीडित भनिएकी गौशाला–२६ ले दिएको निवेदनलाई पनि साथमै राखेर मुद्दा अगाडि बढाउने तयारी गरेको बुझिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको