Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै, आजै फैसला आउनसक्ने

अर्थ संसार

आइतबार, ०७ असोज २०८०, ०८ : १७ मा प्रकाशित

सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै, आजै फैसला आउनसक्ने

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ ।

जिल्ला अदालत काठमाडौंमा सुनुवाइका लागि आइतबार सो मुद्दाको पेसी तोकिएको हो । गतसाता न्यायाधीश अभावका कारण स्थगित भएकोमा आजका लागि पेसीमा राखिएको छ। 

२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २८ पटक पेसीमा चढिसकेको छ ।

यो  मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेको छ आज फैसला आउन सक्ने आँकलन गरिएको छ।

मुद्दाकै कारण चीनमा भइरहेको एसियाली खेलकुदका लागि नेपाल टिममा परे पनि लामिछाने चीन नजाने भएका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको