Like us!
Follow us!
Connect us!
Watch us!

५० रुपैयाँसम्म घट्यो खाने तेलकाे मूल्य

अर्थ संसार

आइतबार, ०२ असोज २०७९, १५ : २५ मा प्रकाशित

५० रुपैयाँसम्म घट्यो खाने तेलकाे मूल्य

एक महिनाकाे अन्तरालमा खाने तेलकाे मूल्य ५० रूपैयाँसम्म घटेकाे छ । सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाएसँगै खाने तेलको मूल्यमा पनि ठूलो गिरावट आएको हाे ।

नेपाल खुद्रा व्यापार संघका अुनसार एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ३० रुपैयाँले घटेको छ । सूर्यमुखी, भटमास र तोरीको तेलको मूल्यमा ठूलो गिरावट आएको छ ।

एक महिनाअघि प्रतिलिटर २९५ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य थोकमा २४६ रुपैयाँमा झरेको छ । यस्तै, २८० रुपैयाँ रहेको तोरीको तेलको मूल्य २५० रुपैयाँमा झरेको छ । त्यसैगरी, २९३ रुपैयाँ पर्ने भटमासको तेलको मूल्य न्यूनतम २१८ रुपैयाँसम्म झरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको