Like us!
Follow us!
Connect us!
Watch us!

बालेनको अभियानमा पाटन उच्च अदालतको ब्रेकः टुकुचामाथि बनेका संरचना नभत्काउन अन्तरकालीन आदेश

अर्थ संसार

आइतबार, ०२ असोज २०७९, १६ : ५७ मा प्रकाशित

बालेनको अभियानमा पाटन उच्च अदालतको ब्रेकः टुकुचामाथि बनेका संरचना नभत्काउन अन्तरकालीन आदेश

उच्च अदालत पाटनले टुकुचा खोला भूमिगत बनाइएका ठाउँमाथि बनेका संरचना नभत्काउन अन्तरकालीन आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोज्दै त्यसमाथि बनाएका संरचनाहरु भत्काउने तयारी गरेपछि आइतबार उच्च अदालत पाटनले उक्त अन्तरकालीन आदेश गरेको हो ।

टुकुचालाई भूमिगत बनाइएको ठाउँमाथि बनेका संरचना नभत्काउन माग गर्दै भदौ ३१ गते काठमाडौं महानगरपालिकालाई विपक्षी बनाएर प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स, जे-नेक्स इनभेस्टमेन्ट प्रालीसहितका तीन कम्पनीले पाटन उच्च अदालतमा रिट दर्ता गरेका थिए ।

प्रक्रिया बमोजिम नक्सा पास गरेको र निर्माण सम्पन्नको प्रमाणपत्र समेत लिएको देखिएकाले तत्काल संरचना नभत्काउन अन्तरकालीन आदेश दिँदै अदालतले असोज ५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको