Like us!
Follow us!
Connect us!
Watch us!

बरुण इन्भेष्टमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

अर्थ संसार

बुधबार, ०५ असोज २०७९, १६ : ५० मा प्रकाशित

बरुण इन्भेष्टमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

बरुण इन्भेष्टमेन्ट लिमिटेडले सर्वसाधारण (कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत) लाई छुट्याएको १५ लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा काठमाण्डौंमा आयोजना गरिएको एक कार्यक्रममा उक्त कम्पनी र क्यापीटलबीच सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा बरुण इन्भेष्टमेन्ट लि.को तर्फबाट अध्यक्ष शिव प्रसाद घिमिरे र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् । 

वि.सं. २०७७ सालमा पब्लिक कम्पनीको रुपमा स्थापना भई ललितपुर जिल्लाको भनिमण्डल–४ मा रजिष्टर्ड कार्यालय रहेको यस बरुण इन्भेष्टमेन्ट कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ र जारी पुँजी ५५ करोड रुपैयाँ रहेको छ । संस्थापक समुहको ७७ प्रतिशत सेयर रहेको यस कम्पनीमा १७ जना संस्थापक शेयरधनीहरुबाट ४० करोड बराबरको सेयरपुँजी चुक्ता भैसकेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भएको यस कम्पनी विशेष गरी उर्जा क्षेत्रमा लगानी गर्ने कम्पनीमा पर्दछ ।

यस कम्पनीमा एस.जि. ग्रुप मुख्य लगानीकर्ताको रुपमा रहेको छ । बरुण इन्भेष्टमेन्टले  बझाङ्गस्थित कलंगा हाईड्रो लि. (१५.३३ मेगावाट), सानीगाड हाईड्रो लि. (३८.४७ मेगावाट)  र बुङगल हाईड्रो लि. (१०.७० मेगावाट) गरी ३ हाईड्रो कम्पनीमा कुल ६४.४९ मेगावाट विद्युतशक्ति उत्पादन गर्ने गरी मुख्य लगानीकर्ता कम्पनीको रुपमा रहेको छ । हालै बरुण इन्भेष्टमेन्ट लि.ले संखुवा खोलामा हाईड्रो प्रवद्र्धन र गुराँस हाईड्रो प्रा.लि. (४१.०६ मेगावाट) मा पनि लगानी गर्ने प्रतिवद्धता जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको