Like us!
Follow us!
Connect us!
Watch us!

बैँकमा पैसा थुपारेर उत्पादन हुँदैन, बैंकले दिने व्याज घटाउन सरकार लागि परेको छ: अर्थमन्त्री

अर्थ संसार

बुधबार, ०५ असोज २०७९, २१ : ३२ मा प्रकाशित

बैँकमा पैसा थुपारेर उत्पादन हुँदैन, बैंकले दिने व्याज घटाउन सरकार  लागि परेको छ: अर्थमन्त्री

अर्थ मन्त्रि जनार्दन शर्माले ब्याजकाे लाेभमा बैंकमा पैसा थुपारेर उत्पादन नबढ्ने भन्दै सरकार बैंकहरूले दिने ब्याजदर घटाउन लागिपरेकाे बताएका छन् । 

उनले केही तरलताकाे अभाव अझै कायम रहेको र यसमा सरकारले काम गरिरहेको पनि उहाले बताए । बैँकमा व्याज पाउने उदेश्यले पैसा थुपारेर उत्पादन नहुने बताउदै वैँकले दिने गरेकाे व्याज घटाउन सरकार लागि परेको स्पस्ट पार्दै सबै नागरिकहरुलाइ आत्मनिर्भर बनाउन सरकारले सक्दो प्रयास गर्ने उनले बताए ।

इतिहास र बर्तमानमा राजनैतिक उचाइ हासिल गरेकाे गाेरखा जिल्लाले यतिबेला विकास निर्माण र समृद्धिकाे सन्दर्भमा न्याय खाेजेकाे बताएका छन् । त्यसको लागि एतिहासिक लिगलिगकाेट र आधुनिक पालुङ्टारलाइ जाेडेर राजनैतिक तब इतिहास सहितकाे पर्यटन विकासलाइ अगाडि बढाउनुपर्ने बताए ।

पालुङ्टारलाइ सुचनाप्रबिधिमा अघि बढाइ स्मार्ट सिटि बनाउनुपर्ने भन्दै सँघीय सरकार र अर्थमन्त्रालयबाट यसकोलागि सम्पूर्ण सहयोग हुने उनले बताए । "स्मार्ट सिटिमा गरिवि र अभाव भन्ने कुरा हुँदैन। पालुङ्गटारले त्यो समृद्दिको उचाइ पनि हासिल गर्नेछ।" उहाले अहिले देशलाई उत्पादनसँग जाेडेर आयातित वस्तुलाइ विस्थापन गर्नुपर्नेमा पनि जोड दिए ।

"नजिकै नदि बगिरहेकाे छ तर हामीले हाम्रा सुख्खा टार सिञ्चाइ गर्न सकिरहेका छैनाैँ, याे पानीलाइ टारमा ल्याउने याेजना प्राथमकितामा राख्नुपर्दछ । यसकालागि सरकारले पर्याप्त बजेट प्रदान गरेकाे छ बजेट खर्च गर्दै कामलाइ द्रुत गतिमा अघि बढाउन अनुराेध गर्दछु"- मन्त्री शर्माले पालुङ्ग्टारमा उपश्थित स्थानिय जनतालाई सम्बोधन गर्दै भने ।  

देशमा एउटा पनि मल कारखाना नभएकाे र जापानिज कम्पनीले मल कारखाना खाेल्न चासाे राखेकाले भूगाेल र विद्युत आपुर्तीका कारणले आफूले यसै क्षेत्रलाइ सिफारिस गरेकाे उहाले बताए । नेपालको मध्य पहाडी लाेकमार्ग पालुङ्टार भएर अघि बढेकाे बताउदै उक्त राजमार्ग निर्माणको योजना माओबादि सरकारले ल्याएको पनि स्मरण गराए ।  

सघीयता कार्यन्वयनका लागि दलहरुवीच राजनैतिक एकता र सहकार्य अपरिहार्य भएकाेले गठबन्धन दलका कार्यकर्ताले आफुलाई याे चिन्ह मन परेन, म साँसद बन्न पाइन भनेर मत विभाजन गर्नुहुँदैन भन्नेमा जोड दिए । यो गठबन्धन कसैलाई साँसद बनाउन र मन्त्री बनाउन नभएर ठुलो राजनीतिक परिवर्तन पछि स्थापना भएको व्यवस्थालाइ मजबूत बनाउदै समाजवादको दिशामा अगाडी बढ्नको लागि भएको पनि उनले बताए।  

सँघीयतालाइ स्थापित गर्न सबै एक भएर अघि बढ्नु अहिलेकाे आवश्यकता रहेकाे बताउदै पालुङ्टारमा बसेर विकास भएन , हामीलाइ विकास चाहियाे भनेर भन्न पाउनु सँघीयताकाे उपलब्धि भएकाे पनि उहाले बताए । सँघीय लाेकतान्त्रिक व्यवस्थाकाे अस्थित्व भनेकाे राजनैतिक पार्टीहरुकाे अस्थित्व रहेकाे बिचार व्यक्त गर्दै उहाले जोड दिए - "सँघ, प्रदेश र स्थानीय सरकार जनताकाे सेवक हाे शासक हाेइन।"

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको