Like us!
Follow us!
Connect us!
Watch us!

१ वाणिज्य बैंकसहित ८ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

अर्थ संसार

शुक्रबार, ०७ असोज २०७९, ०६ : १४ मा प्रकाशित

१ वाणिज्य बैंकसहित ८ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

यो आर्थिक बर्ष सुरु भएसंगै अहिले विभिन्न कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरिरहेको छन् । कतिपय कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट समेत लाभांश प्रस्ताव गरिसकेको छन् भने बीमा कम्पनीहरुले भने आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेका हुन् । 

नेपाल स्टक एक्स्चेन्जमा सुचिकृत कम्पनीहरुमध्ये ८ वटाले चालु आर्थिक बर्षमा लाभांश घोषणा गरेका छन् । उनदेखि यता नेपाल स्टक एक्स्चेञ्ज ९नेप्से०मा सूचीकृत कम्पनीमध्ये ८ वटा कम्पनीले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । 

हालसम्म लाभांश घोषणा गर्नेमध्ये सबैभन्दा बढी बीमा समूहका कम्पनीहरु रहेका छन् । ८ वटा कम्पनीमा ४ वटा जीवन बीमा, २ हाइड्रो र १ उत्पादनमूलक क्षेत्रको कम्पनी र १ वाणिज्य बैंक रहेको छ ।

यो आर्थिक बर्षमा सबैभन्दा बढि लाभांश नेपाल ल्युब आयल कम्पनीले प्रस्ताव गरेको छ भने सबैभन्दा कम सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले गरेको छ । 

कुन कम्पनीले कति लाभांश दिने ?

१. सिटिजन्स बैंक इन्टरनेसनल

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक बर्षको  मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ । यो संगै सिटिजन्स बैंक इन्टरनेसनल लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । 

बैंकको असोज ६ गते, विहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको ९ प्रतिशत नगद लाभांश(कर समेत) वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

२. नेपाल ल्युब आयल 

नेपाल ल्युब आयल निगमको असोज ४ गते बसेको सञ्चालक समितीको बैठकले कम्पनीको ३१ औं वार्षिक साधारणसभा आह्वान गर्नुका साथै सेयरधनीहरुका लाभांश प्रस्ताव गरेको छ ।

संचालक समितिको निर्णयानुसार वार्षिक साधारणसभा असोज २८ गते याक प्यालेस ललितपुरमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि २५ प्रतिशत बोनश सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताप गरेको छ । 

साधारणसभा प्रयोजनार्थ कम्पनीले लागि असोज १४ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज हुने भएको छ । 

३. अरुण काबेली पावर कम्पनी

अरुण काबेली पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  । कम्पनीको असोज २ गते, आईतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि ०.५२ प्रतिशत नगद लाभांश सहित १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ । 

४. नेशनल लाईफ इन्स्योरेन्स कम्पनी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको सञ्चालक समितीको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.७८९ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

५. एसियन लाईफ इन्स्योरेन्स कम्पनी

एसियन लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको सञ्चालक समितीको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको १४.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.७६ प्रतिशत नगद लाभांश गरि कुल १५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

६. नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी

नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीकाे हिजाे, भदाै ३० गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले हाल कायम चुक्ता पूँजीकाे १५.७८९५ प्रतिशत लाभांश दिने निर्णय गरेकाे छ । कम्पनीले १५ प्रतिशत नगद र साे नगदमा कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बीमा समितिबाट स्वीकृत भएर आगामी वार्षिक साधारण सभा भएपश्चात् सो लाभांश वितरण गरिनेछ।

७. गुराँस लाईफ इन्स्योरेन्स कम्पनी

गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको सञ्चालक समितीको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको ७.४४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.३९ प्रतिशत नगद लाभांश गरि कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

८. सानिमा माई हाइड्रोपावर

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडको भदाै २० गते, साेमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ   । कम्पनीले एघाराैँ वार्षिक साधारण सभा कार्तिक २ गते बुधबार गर्ने निर्णय गरेकाे छ । 

त्यस्तै, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि असाेज १२ गते एक दिनका लागि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, असाेज ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको