Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर परिमार्जन, किन गर्दैछन् बैंकहरुले ब्याजदर संसोधन ?

अर्थ संसार

शुक्रबार, ०७ असोज २०७९, ०७ : ०० मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर परिमार्जन, किन गर्दैछन् बैंकहरुले ब्याजदर संसोधन ?

राष्ट्रिय वाणिज्य बैंकले गत साता प्रकाशित ब्यादरमा परिमार्जन गरेको छ । बैंकले गत साता असोज १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको थियो । 

अहिले अधिकांश बैंकले एक सातामै ब्याजदर संसोधन गरेका छन् । गत साता ब्याजदर प्रकाशन गर्दा अधिकांश बैंकहरुले दशमलब पछिको २ अंक मात्र राखेर ब्याजदर प्रकाशन गरेका थिए भने केहि बैंकहरुले चलाखी गरी दशमलब पछिका ३ अंक राखेर ब्याजदर सार्वजनिक गरेको जसको प्रभाव व्यक्तिगत मुद्दती निक्षेपमा भन्दा पनि बढि संस्थागत निक्षेपमा पर्न गयो । 

व्यक्तिगत मुद्दतीभन्दा संस्थाग मुद्दतीमा २ प्रतिशत कम ब्याज हुनुपर्ने कानुनी व्यबस्था छ । संस्थागत निक्षेप ठुलो परिमाणमा हुने भएकाले दशमलब पछिको तिन अंक राख्दा पनि प्रभाव पर्छ त्यसैले अहिले सबै बैंकहरुले दशमलब पछिको ३ अंक राखेर ब्याजदर प्रकाशन गरेका हुन् ।

बैंकले गतसाता प्रकाशित ब्यादरमा बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १३.१३ प्रतिशतसम्म तोकिएको थियो तर अहिले त्यसलाई परिमार्जन गरि बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि अधिकतम १०.१३३ प्रतिशतसम्म ब्याज दिनेछ त्यस्तै मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.१३३ प्रतिशत देखि अधिकतम १३.१३३ प्रतिशतसम्म तोकिएको छ ।

बैंकको परिमार्जित ब्याजदरः

632d08ebd5c77.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको