Like us!
Follow us!
Connect us!
Watch us!

‘सीमावर्ती क्षेत्रको डुबान समस्याको समाधान कूटनीतिकस्तरबाट खोज्नुपर्छ’

सोमबार, ३० साउन २०७४, २० : ०३ मा प्रकाशित

‘सीमावर्ती क्षेत्रको डुबान समस्याको समाधान कूटनीतिकस्तरबाट खोज्नुपर्छ’

अर्थ संसार, काठमाडौँ– भारतले सीमावर्ती क्षेत्रमा बाँध बनाएका कारण प्रत्येक वर्ष तराईका धेरै जिल्ला डुबान हुने गरेको हुँदा नेपाल–भारतबीच उच्चस्तरमा छलफल गरेर समस्या समाधान गर्नुपर्नेमा दलका नेताहरुले जोड दिएका छन् ।

रिपोर्टर्स क्लबले आज ७० औँ भारतीय स्वतन्त्रता दिवसका अवसरमा आयोजना गरेको साक्षात्कारमा नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री भीम रावलले भारतले सीमावर्ती क्षेत्रमाा बाँध, ड्याम्म बनाएका कारण प्रत्येक वर्ष नेपालमा डुबान हुने गरेको बताउनुभयो ।

उहाँले नेपालको करिब १५० नदी भारततर्फ भएर जाने गरेको र धेरै राजनीतिक विश्लेषकले समेत भारतले सीमावर्ती क्षेत्रमा बाँध बनाएका कारण डुबान हुने गरेको भनिरहेको हुँदा यसको समाधानका लागि दुई देशबीच उच्चस्तरमा छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।

उपाध्यक्ष रावलले तराईमा डुबानका कारण धेरैको मृत्यु भएको र कैयौँ घरबारविहीन भएका हुँदा तत्काल उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षणसमेत गराउनुभयो ।

नेपाली काँग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले “तराईमा भएको डुबानप्रति दुई देशले नै गम्भीर भएर सोच्नुपर्ने बताउँदै आफू मन्त्री भएका बेलामा तराईमा डुबानको समस्या समाधानका लागि भएको योजनासमेत कार्यान्वयन गर्नुपर्ने जरुरी छ भन्नुभयो ।”

नेपाल–भारतबीच खुला सिमानाका कारण सहज आवतजावत, पारवहनमा सहज रहेको भए पनि सिमानामा तटबन्धका कारण गर्दा भएको समस्याप्रति कूटनीतिकस्तरबाटै विकल्प खोज्नुपर्ने उहाँले जोड दिनुभयो ।

नेकपा ९माओवादी केन्द्र० का नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले नेपाल–भारतको सम्बन्धलाई बलियो बनाउनका लागि दुई देशका सन्धि सम्झौताको पनि पुनरावलोकन गर्नुपर्ने जरुरी भएको बताउँदै तराईको डुबान समस्या दीर्घकालीनरुपमा समाधान खोज्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले दुई देशका समस्याका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेलामा पनि उच्चस्तरमा छलफल हुने विश्वास व्यक्त गर्दै नेपालको विकासका लागि भारत सक्दो सहयोग गर्न तयार रहेको बताउनुभयो ।

“नेपाल–भारत सम्बन्ध भगवान्ले बनाएको सम्बन्ध हो, नेपालीले भारतमा धार्मिक कार्य गर्न जान्छन्, भारतीयले पनि नेपालमा पशुपतिनाथ, गौतम बुद्धको दर्शन गर्न नेपाल आउँछन्”– राजदूत पुरीले भन्नुभयो ।

राष्ट्रिय जनता पार्टीका नेता हृदयेश त्रिपाठी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाले नेपाल भारतबीच ऐतिहासिक सम्बन्ध रहेको र दुई देशबीचमा देखिएको समस्यालाई छलफलबाट निष्कर्ष निकाल्नुपर्नेमा जोड दिनुभयो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको