Like us!
Follow us!
Connect us!
Watch us!

रियलमीले ल्यायाे “उत्सवको बहार, हरेक दिन उपहार”

अर्थ संसार

सोमबार, १० असोज २०७९, १२ : ३७ मा प्रकाशित

रियलमीले ल्यायाे “उत्सवको बहार, हरेक दिन उपहार”

लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा  छठको पावन अवसरमा “उत्सवको बहार हरेक दिन उपहार” योजना  ल्याएको छ । असोज १० गतेबाट realmecampaigns.com मा सुरु भएकाे यो अफरमा उपभोक्ताहरुले स्मार्टफोन, टिभी, वाशिङ मसिन लगायत अन्य थुप्रै आकर्षक उपहारहरु जित्न सक्नेछन्।” 

२०२२ को दोश्रो चौमासिकको सर्वेक्षण अनुसार नेपालकै सर्वोत्कृष्टमध्य तेश्रो स्मार्टफोन ब्रान्ड हुन सफल रियलमीले आफ्ना उत्पादनहरु 
मार्फत उपभोक्ताहरुलाई नवीनतम प्रविधि प्रदान गर्दै अगाडि बढ्न सफल भएको छ । 

चाडपर्व लक्षित यस अफरको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने,“रियलमी सँधै नवीनतम प्रविधिहरु ल्याउन अग्रसर छ र हाम्रा उपभोक्ताहरुले पनि यसलाई मन पराइरहनुभएको छ । यो माया र साथको लागि हाम्रा उपभोक्ताहरुलाई  हृदयदेखि नै धन्यवाद दिँदै वहाँहरुको लागि पनि हामीले हाम्रो तर्फबाट  केही विषेष उपहारहरु दिन गईरहेका छौँ । हामीलाई आशा छ हाम्रो  यो सानो प्रयासले वहाँहरुको चाडपर्वको माहोल अझै रमाइलो हुनेछ  ।” 

यस योजना अन्तर्गत असोज १० गते देखि गते कार्तिक १४ सम्म  हरेक दिन ४ जना, हरेक हप्ता २ जना र बम्परमा ३ जना भाग्यशाली  उपभोक्ताहरु छानिनेछन् । यस योजनामा सहभागी हुनको लागि realmecampaigns.com मा गएर आफ्नो नाम, फोन नम्बर, आफुले खरिद  गरेको स्मार्ट फाेनको आइएमइआइ नम्बर र मोडल नम्बर जस्ता  विवरणहरु राखेर दर्ता गर्नुपर्ने हुन्छ । यसरी छानिएका विजेताहरु मध्य  हरेक हप्ता २ जनाले रियलमी सि ३० स्मार्टफोन जित्न सक्नेछ्न् भने  ३ जना बम्पर विजेताले रियलमी ९, वाशिङ मसिन र ६५ इन्चको द्धप टिभी जित्न सक्नेछन्।

यो अफर असोज १० गत देखि कार्तिक १४ सम्म खरिद गरिएका बजेट  इन्टर्टेनर सी सिरीज, गेमिङ–केन्द्रित नार्जो सिरिज, अलराउन्डर नम्बर  सिरिज, इनोभेटिभ जिटि सिरीज लगायत सबै रियलमी स्मार्टफोनहरूमामा लागु हुनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको