साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा बैशाख १ गते, शुक्रबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।
बैंकले बैशाख महिनाका लागि घटाएर ब्याजदर प्रकाशन गरेको छ । डेभलपमेन्ट बैंकर्स सघको बैठकले बैशाखको ब्याजदर प्रकाशन गर्दा निक्षेपको ब्याजदर घटाएर प्रकाशन गर्ने सहमति गरेका थिए ।
बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ८.५० प्रतिशत देखि अधिकतम ११.६० प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा ११.६० प्रतिशत व्याज प्रदान गर्ने छ ।
त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर १२.६१ प्रतिशत रहेको छ ।
बैंकले प्रकाशन गरेको नयाँ ब्याजदरः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस