Like us!
Follow us!
Connect us!
Watch us!

"व्यापारीको हातमा स्टक एक्सचेञ्ज सुम्पनु राज्य र आम लगानीकर्तामाथिको नाङ्गो प्रहार"

अर्थ संसार

बुधबार, १२ असोज २०७९, १५ : ५७ मा प्रकाशित

"व्यापारीको हातमा स्टक एक्सचेञ्ज सुम्पनु राज्य र आम लगानीकर्तामाथिको नाङ्गो प्रहार"

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे कर्मचारी संघले व्यापारीको हातमा स्टक एक्सचेञ्ज सुम्पनु राज्य र आम लगानीकर्तामाथिको नाङ्गो प्रहार हुने जनाएकाे छ । संघले एक प्रतिवेदन सार्वजनिक गर्दै यस्ताे बताएकाे हाे । 

प्रतिवेदनमा भनिएकाे छ, "धेरै जसो विदेशी स्टक एक्सचेञ्जहरुको Ownership Pattern मा ५% भन्दा कम हिस्सा राख्न पाइन्छ भने त्यसको सञ्चालक समितिमा ५१% भन्दा बढी संचालकहरु Expert Member हुन्छन् जसले गर्दा एक्सचेञ्ज स्वतन्त्र रुपले चल्न सक्छ । व्यापारीको लगानी गरेर त्यसै गरी स्वतन्त्र रुपमा एक्सचेञ्ज चलाउन दिने गरी नियमावली संसोधन गर्नु राज्य र लगानीकर्ता प्रतिको नाङ्गो प्रहार हो।"

नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिनुको भित्री रहस्य चरम आर्थिक चलखेल रहेकाे संघकाे ठहर छ । नियामक निकायले गलत बाटो देखाउनु पनि भ्रष्टाचार रहेकाे संघले बताएकाे छ । 

"नेपाल राष्ट्र बैंकलेवित्तीय संस्थाहरुलाई जथाभावी व्यापारीको हातमा लाईसेन्स दिदाँ हाल आएर नियामक निकायकैटाउको दुखाई भएको छ । अझै एउटा पूर्ण बजार नै सञ्चालन गर्नु पर्ने स्टक एक्सचेञ्ज जस्तो नियमनकारी निकाय व्यापारीको हातमा दिदाँभावी दिनमा अर्थतन्त्र के हुने? एउटा सिमित व्यापारिक घरानालाई पोस्ने कार्य गर्नेहरुलाई भविष्यका पुस्ताहरुले के भन्ने ?", प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन हेर्नुहाेस् :

63341f9b1000f.jpg 63341fa20b852.jpg 63341fa94041e.jpg 63341fb2cbff6.jpg 63341fbb68b6a.jpg 63341fcfb2344.jpg 63341fdb88122.jpg 63341fe32060c.jpg 63341fe9e4f2d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको