Like us!
Follow us!
Connect us!
Watch us!

फोनपे मार्फत भाटभटेनीमा क्यूआर भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न सकिने

अर्थ संसार

बुधबार, १२ असोज २०७९, १७ : ०० मा प्रकाशित

फोनपे मार्फत भाटभटेनीमा क्यूआर भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न सकिने

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्यूआर मार्फत भाटभटेनि सुपर मार्केटमा भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न सकिने भएको छ । फोनपे, भाटभटेनी र प्रभु बैंकको सहकार्यमा अनलिमिटिड सपिङ्ग गर्न सकिने योजना सञ्चालन गरिएको हो ।

यस योजना अन्तर्गत फोनपे मार्फत क्यूआर गर्दा हरेक हप्ता ७० जनाले अनलिमिटेड सपिङ्ग गर्न सक्नेछन् । साथै ३५ दिनमा २० हजार जनाले भाटभटेनीको एक हजार रुपैयाँको डिजिटल भौचर प्राप्त गर्न सक्नेछन् । यो भौचर फोनपे अफर एपमा आउनेछ र विजेता हरेकदिन भाटभटेनीको अफिसियल फेशबुक पेजबाट प्रत्यक्ष प्रसारण मार्फत सार्वजनिक गरिनेछ । यसका साथै आम मानिसलाई सपिङ्ग गर्न सहज होस् भन्ने उदेश्यले फोनपे क्यूआर मार्फत भुक्तानी गर्नेलाई निशुल्क भाटभटेनीको झोला प्राप्त हुनेछ । यो योजना कार्तिक १३ गतेसम्म सञ्चालन हुनेछ । 

यसैगरी फोनपेले दशैँको अवसरमै ‘चाडवाडमा जीवन सहज बनाउँ, नगद छोडौँ फोनपे गरौँ’ योजना समेत सञ्चालन गरेको छ । यस योजना अन्तर्गत हरेक दिन फोनपे मार्फत् क्यूआर गर्ने, फोनपे डाइरेक्ट मार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानी गर्नेमध्ये एक जना ग्राहकले दैनिक नगद रु एक लाख जित्न सकिनेछ । यो योजना ग्राहकहरुका लागि असोज १३ गतेसम्म लागु हुनेछ । यसैगरि क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङ्गको आकर्षक मोबाईल फोन जित्न सक्नेछन् । मर्चेन्टहरुको यो योजना कार्तिक १२ गते ४० दिन सम्मका लागि लागु हुनेछ । फोनपेको एक लाख जित्ने योजनामा सहभागी हुनका लागि ग्राहकले फोनपे अफर एपमा गइ चुनौती अर्थात् च्यालेञ्ज एसेप्ट गर्नुपर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको