Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सकारात्मक संकेत : बजार सुधारिँदा लगानीकर्ता उत्साहित

नेप्से

विहीबार, १३ असोज २०७९, १५ : ११ मा प्रकाशित

सेयर बजारमा सकारात्मक संकेत : बजार सुधारिँदा लगानीकर्ता उत्साहित

सेयर बजारमा सकारात्मक संकेत देखिएकाे छ । लगातार तेश्राे दिन पनि बजार बढेर बन्द भएकाे छ । बजार सुधारिँदा लगानीकर्ताहरु उत्साहित छन् । यद्ध्यपी लगानीकर्ताहरू फेस्टिभ मुडमा हुँदा काराेबार रकम भने केही प्रभावित भएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.२९ अंकले बढेर १८५३.७६ विन्दुमा पुगेकाे छ । नेप्से ०.८९ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.८३ अंकले बढेर ३६३.४२ विन्दुमा पुगेकाे छ । 

कूल २२३ वटा कम्पनीकाे १७ लाख ९१ हजार ४ सय ८० कित्ता सेयर खरिदबिक्री हुँदा ६३ करोड २४ लाख ७ हजार ६ सय २८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज लाइफ इन्स्याेरेन्सबाहेक बाँकी सबै वटा उपसमूहकाे सेयर बढेकाे छ ।

बिहीबार नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक सेयरकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे संस्थापक सेयरकाे ४ कराेड ४८ लाख ५० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । संस्थाकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ४ सय ३८ रूपैयाँ ७० पैसा पुगेकाे छ ।

यस दिन सामलिङ्ग पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीकाे सेयरमूल्य ७.९४ प्रतिशतले घटेर ४ सय ६४ रूपैयाँमा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको