Like us!
Follow us!
Connect us!
Watch us!

डोली खन्ना जसले ५ लाखलाई २५ करोड बनाइन, त्यो पनि स्टक मार्केटबाट केबल चार वर्षमा

अर्थ संसार

विहीबार, २० असोज २०७९, ०८ : ४२ मा प्रकाशित

डोली खन्ना जसले ५ लाखलाई २५ करोड बनाइन, त्यो पनि स्टक मार्केटबाट केबल चार वर्षमा

सेयरबजार भनेको यस्तो ठाउँ हो जहाँ धेरैले आफ्नो लगानीलाई कयौ गुणा बनाएका छन् भने कतिले आफ्नो सबै सम्पत्ति गुमाएका पनि छन्।  भारतको चेन्नाई कि डोली खन्नालाई पनि सेयरबजारले खुव सम्पत्ति कमाएर दियो। डोली खन्नाले  ५ लाखलाई २५ करोड बनाइन। त्यो पनि केबल चार वर्षमा। 

कसरी डोली खन्नाले कमाइन त ४ वर्षमा २५ करोड ?

खास यो घटना  डोली खन्नाको भन्दा पनि उनको श्रीमान राजिब खन्नाको हो।  किनभने उनको पोर्टफोलियो उनका श्रीमान राजिव खन्नाले नै चलाउने गर्दछन। 

राजिब खन्नाले १९८६ मा कुवालिटि मिलक फुडर आइसक्रिमको बिजनेस सुरु गरेका थिए। उनको कम्पनी राम्रो चल्यो र १९९५ मा उनले आफ्नो कम्पनी हिन्दुस्तान युनिलिभरलाई बेचिदिए। आफ्नो कम्पनी बेचेपछि उनको हातमा राम्रो रकम प्राप्त भएको थियो। जसलाई उनले लगानी गर्न चाहान्थे।  तर उनलाई थाहा थिएन कता लगानी गर्ने भनेर।  त्यस कारण उनले आफ्नो पैसा फिक्स डिपोजिटमा राख्दिए। 

१९९६ मा उनले आफ्नो रहरले स्टक मार्केटमा लगानी सुरु गरे र सुरुमा सत्यम कम्प्युटर नामको कम्पनीमा लगानी गरे।  यस लगानीको पछाडि कुनै तर्क थिएन। उनले यस कम्पनीमा लगानी गर्नुको मुख्य कारण भनेकै उनको छिमेकीको छोरा त्यस कम्पनीमा काम गर्थ्यो।र उनलाई यस कम्पनीमा लगानी गरे पछि लाग्यो टेक कम्पनीहरूमा ठूलो स्कोप छ।  उनलाई लाग्यो यस्ता कम्पनीमा लगानी गर्दा उनको पैसा कयौ गुणाले बढ्नसक्छ। त्यसैले उनले सत्यम कम्पूटर जस्तै अरु कम्पनीमा आफ्नो धेरै लगानी लगाए। 

उनको अन्दाजा सफल साबित भयो र  २००० सालमा उनको लगानी तीन गुणा भयो। त्यसपछि उनले आफ्नो लगानी बेचेर पैसा निकालिदिए। जब उनले आफ्नो पैसा बेचेर निकाले तेस्को केहि समयपछि टेक सेक्टर क्रयास भयो। जब उनले मार्केट क्रयास  भएको देखे उनलाई डर र महसुस भयो यदि उनले त्यो पैसा समय मै ननिकालेको भएको उनलाई ठुलो नोक्सानी बेहोर्न पर्थ्यो। उनलाई त्यो बेला लाग्यो अहिले सम्म जे भयो सबै उनको भाग्यले साथ दिएर भएको हो।  त्यो सोचेर उनले आफ्नो भएको सम्पूर्ण पैसा फेरि फिक्स डिपोजिटमा राखीदिए। 

२००३ सालमा उनले दिल्लीमा फ्ल्याट किन्ने सोचले उनी युनिटेक कम्पनी पुगे।  जब उनले उक्त कम्पनीको विलासी सुविधा सम्पन्न अफिस देखे उनी यस कम्पनी प्रति आकर्षित भए , उनले यस कम्पनीको अनुसन्धान गरे र यस कम्पनीको ५ लाख बराबरको स्टक किन्ने। २००४ सालमा युनिटेकको सेयरको मूल्य झन्डै एक रुपैया थियो। २००८ सालमा बढेर उक्त सेयरको मूल्य झन्डै ५०० रुपैया पुगेको थियो। जसले गर्दा ४ वर्षमा उनको ५ लाखको लगानी २५ करोड हुन् पुग्यो। त्यहि बेला उनले आफ्नो स्टक बेचे, २००८ सालमा स्टक मार्केट क्य्रास हुदा उनले आफ्नो लगानी त्यो बेला बेचिसकेका थिए। 

यसबाट हामीले सिक्नसक्छौ कि सेयर बजारमा सबै भन्दा महत्वपूर्ण भनेको कुन बेला सेयर किन्ने र कुन बेला सेयर बेच्ने हो। र यो आफ्नो अनुभव र कम्पनी प्रति गर्ने अध्ययन र अनुसन्धानले सिकाउछ।

युनिटेक कम्पनीको सेयर १ रुपैया बाट ५०० रुपैया पुग्यो र ५०० बाट घटेर फेरि एक रुपैया आयो। त्यहिँ बिच लगानी गरेर खन्ना सफल भए।   

राजिव खन्नाले आफ्नो ट्रेड जहिलेपनि आफ्नी श्रीमती डोली खन्नाको नाममा गर्ने गर्थे। र अहिले जस्तो पोर्टफोलियोमा झन्डै २०० करोड रुपैयाको सेयर रहेको छ। उनले आफ्नो एक लेक्चरमा भनेको थिए , सेयर बजारमा लाग्नु अगाडी उनी सँग ६ रुपैया थियो भने हाल अहिले म संग २००० रुपैया छ। यसबाटै थाहा हुन्छ उनले आफ्नो पैसा स्टक मार्केटबाट झन्डै ३५० गुणा बनाए।

उनको लगानी रणनीति भनेकै कुनै पनि कम्पनीमा लगानी गर्नु अगाडी  त्यस कम्पनीको हरेक कुराको अध्ययन गर्ने गर्छन। कम्पनी कस्तो हो ,कस्तो किसिमको बिजनेस गर्छ, कम्पनीको ग्रोथ हुने सम्भावना कतिको छ र जब आफु विश्वस्त हुन्छन तब मात्र उनी लगानी गर्छन। 
 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको