Like us!
Follow us!
Connect us!
Watch us!

आफु पनि आमाबुबालाई हेला नगरौँ र अरुलाई पनि गर्न नदिऔँ

रुषा थापा

अर्थ संसार

मंगलबार, १८ असोज २०७९, २० : ०८ मा प्रकाशित

आफु पनि आमाबुबालाई हेला नगरौँ र अरुलाई पनि गर्न नदिऔँ

दशैँमा आमाबुबा , हजुरबा, हजुरआमा वा आफुभन्दा ठुलो मानिसको हातबाट टिका लगाइन्छ । तर केही वर्षअघि देखि कतिका छोराछोरीहरुले जन्मदिने आमाबुबालाई नै हेला गरेर घरबाट निकालिरहेका छन् । आमाबुबाले आफ्नो बालबच्चालाई राम्रो शिक्षादीक्षा दिएर पालनपोषणा गरेका हुन्छन् तर छोराछोरीहरुले भने विवाह गरेपछि वा जागिर खाएपछि त्यहँी आमाबुबालाई घरबाट निकाल्छन् वा हेला गर्छन् । 

छोराछोरीको विवाहपश्चात् बुहारी वा छोराले नै आफ्नो आमाबुबालाई घरमा हेला गर्ने गर्छन् र बृद्धाआश्रम पठाउने गर्छन् । साथै कति बुढाबुढीहरुको त बस्ने ठाउँसमेत नभएकाले उनीहरु बाटोमा मागेर खाने गर्छन् । यता छोराछोरी हेप्यो भने कोही सरकारी जागिरमा छन् त कोही ठुल्ठुला व्यापारी रहेका छन् तर आमाबुबालाई भने घरमा नराखेर बुद्धाआश्रम वा बाटोमा लगेर छोड्दिने गर्छन् । 

बाटोमा मागेर बसिरहेको वा आश्रममा बसिरहेका आफ्ना आमाबुबालाई अहिले दशैँमा भेट्न जान पनि यिनीहरुलाई लाज लाग्ने गर्छ । आफ्रनै जन्मदिने आमाबुबालाई घरमा नपाल्ने छोराछोरीहरुले समाज र राष्ट्रको हितका लागि के नै काम गर्लान् त । आफ्नो आमाबुबालाई राम्रो खाना खान नदिने वा मिठो बोलीवचन नगरी घरबाटै निकाल्ने छोराछोरीहरु अहिले धर्मको नाममा ब्रत बस्छन् र दिनहुँ मन्दिर धाउँछन् । के यो नौंटकी होइन , र ।  

जसले जन्म दियो , शिक्षा दियो र कर्म दियो तीनैलाई यीनीहरुले पाल्दैँनन् भने अरुका लागि त के नै गर्छन् होला त । आफु सुकिलामुकिला हुने, मिठो खाने, चिल्लो गाडी चढ्छन र आमाबुबाको नै सम्पत्तिमा आफु बस्ने तर आमाबुबालाई भने घरबाट निकालेर पार्टी, बाटो वा आश्रममा पुप्याउने । हामी मानिस यो धर्तीमा जन्मिपछि ढिलो चाँडो मछौँ तर हामीले हामी बाँच्नुन्जेलसम्म केके राम्रो काम गप्यौँ भनेर समाज र राष्ट्रले अध्ययन गर्ने गर्छ । 

 ७० वर्ष कटेका आफ्ना बुढाबुढी आमाबुबालाई घरबाट निकालेर हामीलाई दशैँ मनाउन त त मजा आयो होला नि त । छिमेकी वा आफन्तले हामीले हाम्रो आमाबुबासँग गरेको व्यवहारका बारेमा कति कुरा काटिरहेका छन्  या आफ्रनै आमाबुबाले हामीलाई कति सरापी रहेका छन् भनेर पनि सोच्दैनौँ । 

आफुले खाइनखाइ आफ्नो छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिएका आमाबुबालाई बुढेशकालमा त्यहँी छोराछोरीले घरबाट निकाल्दा उनीहरुको मनमा कति पीडा भरिएको छ होला त । बुढेशकालमा छोराछोरीबाट हेरचाह वा साहारा पाउनुको साटोमा घृणा वा हेला पाउँदा त्यस बुढाबुढी आमाबुबाको आत्म वा मन कति चाहिँ रोयो होला त । के हामीहरु यसको बारेमा सोच्छौँ त । कतिका छोराछोरीले त आमाबुबाको आर्शीवाद पाउन उनीहरुको राम्रो स्याहारसुसार गर्छन् भने कतिका छोराछोरीले आमाबुबालाई एकछाक मिठो समेत खाना खान दिदैँनन् । 

पृथ्वी गोलो छ , वर्षमा १२ महिना हुन्छ र हप्तामा ७ दिन हुने गर्छ । साथै यो घुमिरहन्छ । हामी जन्मिनेबेला सानो हुन्छौँ र मर्नेबेला बुढो हुन्छौँ । त्यस्तै हामी जन्मिनेबेला पनि नाङ्ग्रै जन्मिछौँ र नाङ्ग्रै मछौँ । तर हामीले बाँच्नुन्जेल आफ्रनै आमाबुबालाई हेला गछौँ, राम्रो काम गर्दैनौँ, लोभमा फस्छौँ वा गरिबदुखीलाई सहयोग गर्दैनौँ र राष्ट्र र सामाजको हितमा काम गर्दैनौँ । 

सरकारले जन्मिएको मितिले १६ वर्षपुगेपछि नागरिकता दिन्छ भने जन्मिएको मितिले ६८ वर्षपुगेपछि बुद्धा भत्ता दिने गर्छ । साथै सरकारले जन्मिएको मितिले २० वर्षपुगेपछि विवाह गर्न मिल्ने भनेर कानुनी स्वीकृतिसमेत दिएको छ  । विवाह गरेपछि सामाजिक मूल्यमान्यता वा रितिरिवाज अनुसार नै छोराछोरी जन्मिछ र हामीपनि आमाबुबा बन्छौँ । बुढापाकाहरु भन्थे , गोरुले खेतबारी जोत्दा छेऊबाट सुरु गर्छ र कुनामा गएर अन्त्य गर्छ । 

साथै हामी अहिले बुहारी छौँ भने पछि हामी पनि त सासु हुन्छौँ नि त । हामीले अहिले बुहारी हुँदा हाम्रो सासुलाई हेला गरेर घरबाट निकाल्छौँ भने पछि हाम्रोपनि त बुहारी आउँदा हाम्रो बुहारीले त्यहँी व्यवहार हामीसँग गर्न सक्छ नि त । त्यसकारण पालो सबैको आउने गर्छ । त्यसैले हामीले आफुलाई जन्मिदिने आमाबुबालाई सम्मान् दिनुपर्छ र उनीहरुसँग सम्पत्ति छैन भने पनि राम्रो बोलीवचन र स्याहारसुसार गर्नुपर्छ । 

तर नेपालमा आफुलाई नै जन्म दिने आमा मर्दा पनि राजाको पालोमा प्रधानमन्त्री खान पाइन्छ भनेर आफ्रनै आमाको समेत काजक्रिया नगर्ने व्यक्ति रहेका छन् र त्यो व्यक्ति हुन्, माधव नेपाल । आफुलाई जन्मदिने आमाको त क्रिया गर्न नसक्ने माधव नेपालले देशका बृद्धा आमाहरुका लागि के नै गर्न सक्छन् होला त । माधव नेपाललाई आफुलाई जन्म दिने आमाभन्दा ठुलो प्रधानमन्त्री खाने आशा रहेको रहेछ । 

यो त एउटा उदाहरण मात्र हो । पछिल्लो समय आफुलाई नै जन्म दिने आमाबुबा मरेपछि पनि काजक्रिया नगर्ने व्यक्तिहरु धेरै रहेका छन् । चाहिँ त्यो राजनितिक दल नै हो या सरकारी कर्मचारी । आमाबुबा बाँच्नुन्जेलसम्म भने खान नदिने, राम्रो बोलीवचन नगर्ने र घरबाट नै निकाल्ने । तर आमाबुबा मरेपछि तै पत्रपत्रिकामा हार्दिक श्रद्धाञ्जली निकाल्ने । बरु यो निकाल्दा खर्च हुने पैसाले त आमाबुबालाई बाँच्नुन्जेलसम्म राम्रो खानेकुरा वा पालनपोषण दिएको भए हुन्थ्यो होला नि त । हामी मानिसले कतिसम्म तै नौटंकी गर्न सिकेको है । 

आफ्नो आमाबुबालाई भने घरबाट निकालेर बाटोमा बाँस गराउँछन् तर बाटोमा अरु कसैको आमाबुबा मागेर खाएको देख्दा तै विचारा कस्ता छोराछोरी रहेछन् भनेर गोहीको आँसु निकाल्छौँ । आफुले आफ्नो अमाबुबालाई हेला गरेर घरबाट निकालेको कुरा भने बिर्सिछौँ तर अरुको कुरा काट्न भने पछि पर्दैनौँ । आफ्नो आमाबुबालाई अरुको अगाडी भने तपाईँहजुर भन्ने गछौँ तर कोही नभएको बेला भने तँ भनेर नराम्रो व्यवहार गछौँ । 

बुढाबुढीलाई सम्मान् गर्नुपर्छ र सानाहरुलाई माया गर्नुपर्छ भनेर पनि घरका सदस्यहरुलाई सिकाउदैनौँ । केही वर्षअगाडीबाट बजारमा एउटा नयाँ चलन आएको छ । शरिरमा टयाटु हाल्ने, कपालमा रङ रङ्गाउने र महंगो मोबाइल बोक्ने । साथै आफुबाट जन्मिएका बालबच्चाहरुलाई समाजका रितिरिवाज वा चालचलनहरु नसिकाउने र उनीहरुले भनेको कुरा मात्र मान्ने । 

त्यस्तै यता जन्मिएको २ वर्षमै हातमा मोबाइल दिने र टिकटक र फेसबुक चलाउन सिकाउने । यसले गर्दा बच्चाहरु सानैदेखि नराम्रा कुराप्रति बढी आकर्षित हुदैँ जान्छन्  । विज्ञहरुका अनुसार, काचो माटोबाट विभिन्न चिजहरु बनाउन सकिन्छ । यसरी नै सानो बच्चाहरुलाई पनि जन्मिएपछि आमाबुबाले जुन शिक्षादीक्षा वा संस्कार दिन्छन् । त्यसैअनुरुप बालबच्चाहरुले व्यवहार गर्छन् ।

 हामीले हाम्रो बालबच्चालाई जे सिकाउँछौँ उनीहरुले त्यहँी सिक्छन् । यदि हामीले अहिले हाम्रो बुढाबुढी आमाबुबालाई हेला गछौँ भने हाम्रो बालबच्चाले पनि त्यहँी सिकेर हामी बुढो हुँदा हामीलाई पनि हेला गर्ने गर्छन् । त्यसकारण हामीले सानैदेखि हाम्रो बालबच्चालाई सामाजिक र व्यवहारिक ज्ञान दिन अत्यन्त जरुरी रहेको छ । 

हामीहरु हाम्रो आमाबुबा बाँच्नुन्जेलसम्म राम्रो खाना खान दिदैँनन् तर आमाबुबा मरेपछि तै आमाबुबाको श्राद्ध भनेर आफन्तलाई भाजेभतेर लगाउँछौँ । के यो धर्म हो, र । आमाबुबा बाँच्नुन्जेलसम्म कहिले मर्ला भनेर सरार्ने गछौँ तर आमाबुबा मरेपछि भने गोहीको आँसु निकालेर झोठो माया देखाउँछौँ । 

आमाबुबा बाच्ँनुन्जेलसम्म तै दशैँमा टिका लगाउन समेत आफ्नो गाउँघर जादैँनौँ वा आमाबुबासँग झगडा गरेर दशैँमा टिकासमेत लगाउँदैनन् । तर आमाबुबा मरेपछि तै आमाबुबा मरेको हुनाले टिका लगाउन पाएन भन्दै आँखाबाट आँसु झाछौँ । 
पहिलापहिला भन्थे नाटक र नौटंकी कलाकार र नेताले मात्र गर्छन् भनेर तर अहिले त नाटक र नौटंकी गर्न जनताले पनि सिकेका छन् । छोराछोरीहरु सहरमा बसेर मिठोमिठो खाएर दशैँ मनाउँछन् तर आमाबुबाहरु एक छाक मिठो नपाएर तड्पिन्छन्् । हामीले हाम्रो आमाबुबालाई हेला गरेर श्रीमती र छोराछोरीलाई माया गछौँ तर पछि त्यहँी छोराछोरीले हामीले हाम्रै आमाबुबासँग गरेको व्यवहार सिकेर हामीलाई पनि हेला गर्छन् भनेर हामी सोच्दैनौँ । 

आमाबुबाको नाममा सम्पत्ति छ भने हामी दाजुभाइ नै हानाथाप गछौँ तर पाल्ने विषयमा भने हामी चासो देखाउँदैनौँ । आफ्नो आमाबुबालाई राम्रोसँग पाल्नुपर्छ भनेर न त पुस्तकमा नै लेखिएको हुन्छ न त घरमा नै सिकाइने गरिन्छ । पछिल्लो समय आमाबुबाको नाममा भएको सम्पत्ति भने आफ्नो नाममा पास गर्ने र आमाबुबालाई भने घरबाट निकाल्ने चलन आएको छ । कतिले त सम्पत्तिको भागवण्ड नमिलेपछि आफ्रनै आमाबुबा वा दाजुभाइलाई समेत मारेका छन् ।

अहिले कति आमाबुबाहरु आफ्नो छोराछोरीको राम्रो देशमा भिसा लाग्यो भनेर खुशी हुन्छन् र ऋण गरेर समेत पठाउँछन् तर छोराछोरी बाहिरी देशमा गएपछि आमाबुबालाई फर्केर पनि हेर्दैनन् । साथै बिरामी भएकोबेला वा मर्ने बेलामा पानी खुवाउनसमेत छोराछोरीहरु साथमा हुदैँनन् । 

मरेपछि दागबत्ती दिन आफ्नो छोराछोरी हुदैँन र बाँच्नुन्जेल छोराछोरीलाई न त आमाबुबाले हेर्न वा टिका लगाइदिन नै पाउँछन् । पैसाका लागि बाच्ँनुन्जेलसम्म पनि आफ्रनै आमाबुबा वा छोराछोरीसँग विछोड हुनुपर्छ । तर मर्दा त पैसासँगै जादैँन नि त । अहिले कतिपय मानिसहरु पैसा कमाउन नै चाडबाडको मुखमा खाडी मुलुक वा विभिन्न देशहरु गइरहेका छन् । उनीहरुलाई आमाबुबा र चाडबाडभन्दा ठुलो पैसा रहेको छ ।

सबै कुराहरु समातेर समात्न सकिन्छ तर समय कहिलेपनि समातेर समात्न सकिदैँन । त्यसकारण जसले समयको कदर गर्छ उसलाई पनि समयले कदर गर्ने गर्छ । दशैँको टिका भन्नेबित्तिकै पहिला आर्शीबाद थाप्न जाने भनेर बुझिन्छ तर अहिले त दशैँमा टिका लगाउन पनि पैसा हेर्ने गरिन्छ  । अहिले जसले टिका लगाएर बढी पैसा दिने गर्छ हामी त्यसकोमा नै टिका लगाउन जान्छौँ  ।

आफ्नो आमाबुबालाई घरबाट निकालेर सडक वा आश्रममा पुप्याउनेले त पुप्याइ नै हाले तर पैसा कमाउन आफ्नो बुढा आमाबुबालाई छोडेर खाडी मुलुक जाने मानिसले पनि यसपालि दशैँमा टिका लगाउन पाएनन् । पछिल्लो समय मानिसमा देखासिकी प्रवृति निकै बढिरहेको छ । यसले गर्दा पनि  नेपाली युवाहरु सबै विदेश पलायन भएका हुन्  । अब आउने पुस्ताहरुले आफुलाई जन्म दिने आमाबुबालाई घरबाट ननिकालौँ र सडकको बाँस नबनौँ । 

भोको बस्दैँमा र मन्दिर धाउदैँमा धर्म हुन्छ र । यदि हामीले आफ्नो आमाबुबालाई राम्रो बोलीवचन र स्याहारसुसार गछौँ भने त्यत्तिकै धर्म भइहाल्छ नि त । जन्मदिने आमाबुबालाई भने हेला गरेर सराप थाप्ने अनि अरुलाई ठगेर अर्बपति बन्ने । हामी प्रत्येक मानिसको मनमा भगवान् रहेका छन् र भगवान्ले हामीलाई राम्रो र नराम्रो कामका बारेमा ज्ञान दिने गर्छन् । तर घरमा बुढाबुढीहरुलाई राम्रो व्यवहार नगर्ने , भनेको समयमा खान नदिने वा घरमा कोही माग्न आएमा खान नदिने जस्ता कुराहरु चाहिँ हामीले कताबाट सिकौँ । 

तर आफ्रनै आमाबुबा वा अरुको कुरा काटेर पापको भारी बोक्ने अनि नयाँ कपडा लगाएर हातमा थाली बोकेर मन्दिर जाने । हामी मानिसहरुले कतिचाहिँ नाटक गर्न सिकेको है । गाउँघरमा बुढापाकाहरुले भन्थे, आफैँले बिरामी बनाउने अनि आफैँले उपचार गर्ने । अहिले हामीहरु आफैँ आफ्नो आमाबुबालाई हेला गरेर पापको भारी बोक्छौँ अनि पछि त्यहँी पाप मेटाउने मन्दिर धाउँछौँ । 

 महिला, बालबालिका तथा समाज कल्यणा मन्त्री उमा रेग्मीले अब छोराछोरीले कमाएको पैसामध्ये २० प्रतिशत आमाबुबाको नाममा जम्मा गराउने र घरबाट आमाबुबालाई निकाल्ने छोराछोरीलाई सरकारी जागरि भएमा जागिरबाट निकाल्ने र नागरिकता खारेज गराएर उसको सम्पत्ति राष्ट्रिकरण गर्ने भनेर निर्णय गर्नुपर्छ । साथै आफ्नो दायित्व र कर्तव्य पुरा नगर्ने छोराछोरीलाई दण्ड सजाय दिनुपर्छ र सरकारले पनि अनुगमन गर्नुपर्छ । कसैको टोलछिमेकीमा बुढाबुढीहरु घरबाट बहिष्कार भएका छन् भने उजुर गर्नुपर्छ र आमाबुबाको नाममा भएको सम्पत्ति भने खाने तर आमाबुबा भने नपाल्ने छोराछोरीलाई अब राज्यले पनि निश्चित नीतिनियम बनाएर काननुको दायरामा ल्याउनुपर्छ  । 
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको