Like us!
Follow us!
Connect us!
Watch us!

छ घण्टामै १६६ उजुरी, दुई दर्जनलाई तत्काल जवाफ : मन्त्री खनालको ‘गुनासो मेलबक्स’ प्रभावकारी

अर्थ संसार

मंगलबार, ०७ असोज २०८२, २० : ४० मा प्रकाशित

छ घण्टामै १६६ उजुरी, दुई दर्जनलाई तत्काल जवाफ : मन्त्री खनालको ‘गुनासो मेलबक्स’ प्रभावकारी

अर्थ तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले हालै सुरु गरेको ‘गुनासो मेलबक्स’ प्रणालीले छोटो समयमै उल्लेखनीय प्रभाव देखाएको छ। प्रणाली सुरु भएको जम्मा छ घण्टामै मन्त्रालयको गुनासो मेलबक्स र मन्त्री खनालको आधिकारिक इमेलमा १६६ वटा उजुरी र समस्या आएका छन्।

मन्त्री खनालका अनुसार तीमध्ये करिब दुई दर्जन इमेलको जवाफ तत्काल दिइसकिएको छ भने अधिकांश उजुरीमा कार्यवाही सुरु गरिएको छ। बाँकी इमेलहरूलाई पनि क्रमशः जवाफ दिने र आवश्यक कदम चाल्ने काम भइरहेको उनले बताएका छन्।

“अब समस्या लिएर सिंहदरबार धाउनुपर्ने आवश्यकता रहने छैन। आफ्ना गुनासो र समस्या इमेलमार्फत पठाए पुग्छ,” मन्त्री खनालले भने।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको