Like us!
Follow us!
Connect us!
Watch us!

शिक्षामन्त्री पुनले गरे शिक्षक दरबन्दीसहित तीन निर्णय

अर्थ संसार

बुधबार, ०८ असोज २०८२, १३ : ३९ मा प्रकाशित

शिक्षामन्त्री पुनले गरे शिक्षक दरबन्दीसहित तीन निर्णय

शिक्षा मन्त्री महावीर पुनले देशभरका विद्यालयका लागि तीनवटा महत्वपूर्ण निर्देशन जारी गरेका छन्। मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत निर्देशन सार्वजनिक गर्दै ती निर्देशनहरू तुरुन्त कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायलाई आदेश दिएका हुन्।

पहिलो निर्देशनअनुसार, प्रत्येक सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य रूपमा राख्नुपर्नेछ। पुनले भनेका छन्, ‘सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनका लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्नेछ।’

दोस्रो निर्देशनअनुसार विश्वविद्यालयहरूले परीक्षा लिएको मितिले तीन महिनाभित्रै नतिजा प्रकाशित गर्नुपर्नेछ। मन्त्री पुनले चेतावनी दिए कि केही विश्वविद्यालयले परीक्षा लिएको आठ महिना देखि एक वर्षसम्म नतिजा सार्वजनिक नगर्दा विद्यार्थीहरू अपूरणीय क्षति भोगेका छन्। उनले भने, ‘ती विश्वविद्यालयहरूले बढीमा तीन महिनाभित्र नतिजा सार्वजनिक नगरेको खण्डमा तिनको अनुदान रोक्का गरिनेछ।’

तेस्रो निर्देशनअनुसार त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर क्याम्पसमा रहेको ठुलो झाडी फाँडेर सुन्दर बगैँचा र फुटपाथ निर्माण गर्ने निर्णय भएको छ। मन्त्री पुनले यस बगैँचासहितको क्षेत्रलाई आकर्षक बनाउने र विश्वविद्यालय परिसरलाई व्यवस्थित बनाउने योजना सार्वजनिक गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको