Like us!
Follow us!
Connect us!
Watch us!

भियतनामसँग पराजित नेपाल बाहिरियो

अर्थ संसार

शनिबार, २२ असोज २०७९, ०९ : २४ मा प्रकाशित

भियतनामसँग पराजित नेपाल बाहिरियो

भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोटमा लगातार दोस्रो हार बेहोरेसंगै नेपाल बाहिरिएको छ । शुक्रबार राति नेपाल भियतनामसंग ५-० ले पराजित भयो । आयोजक भियतनामलाई जित दिलाउन कोङ फुओङ, होआङ सन, लोङ भु, दिन्ह् थुओङ र भान  दान्हले एक एक गोल गरे ।

छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० गोलले पराजित भएको थियो । यता, भियतनामको यो लगातार दोस्रो जित हो । उसले पहिलो खेलमा चाइनिज ताइपेलाई ४-० ले हराएको थियो ।

समूह 'एफ' मा भियतनाम ६ अंकसहित शीर्ष स्थानमा छ  । यता, थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा छ । नेपाल भने अंकबिहीन छ । नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ । समूह विजेता सिधै एसियन कपमा छनोट हुनेछन् भने उपविजेता उत्कृष्ट ६ टोलीले एसियन कप खेल्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको