Like us!
Follow us!
Connect us!
Watch us!

चेम्बर र भियतनामबीच व्यापार र लगानी प्रर्वद्धनबारे समझदारी

अर्थ संसार

आइतबार, २० असोज २०८१, ११ : २४ मा प्रकाशित

चेम्बर र भियतनामबीच व्यापार र लगानी प्रर्वद्धनबारे समझदारी

नेपाल र भियतनामबीच व्यापार र लगानी प्रर्वद्धन सम्बन्धमा सहकार्यको समझदारी भएको छ । नेपाल चेम्बर अफ कमर्स र भियतनाम नेपाल फ्रेण्डसिप एशोसिएसनबीच दुई पक्षीय लगानी अभिवृद्धि एवं व्यापार सहजीकरण गर्नेबारे समझदारी भएको हो ।  

कृषि, पर्यटन र व्यापार जस्ता प्रमुख क्षेत्रहरुमा सहकार्य बढाउने विषयमा भियतनामका अधिकारीहरुसँग छलफल भएको नेपाल चेम्बर अफ कमर्सद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा भियतनामी पर्यटक भित्र्याउन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले आग्रह गरे । भियतनामका बहुसंख्यक बुद्ध धर्मावलम्वीलाई नेपालको भ्रमण गराएर पर्यटन प्रर्वद्धन गर्नुपर्ने भन्दै अध्यक्ष अग्रवालले यसका लागि सहजीकरण गर्न चेम्बर तयार रहेको बताए ।

कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रमा लगानीका लागि समेत उहाँले भियतनामका प्रतिनिधीसमक्ष आग्रह गरे । ‘नेपाल लगानीको दृष्टिकोणले उत्कृष्ट गन्तव्य हो, लगानीको प्रतिफल सुनिश्चित गर्न चेम्बर अफ कमर्स प्रतिवद्ध छ,’ उनले भने । नेपालको कृषि विकासमा सहयोग एवं खाद्य सुरक्षा अभिवृद्धि र आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने उद्देश्यले भियतनामसंग सहकार्य गर्न चाहेको अध्यक्ष अग्रवालको भनाइ छ ।

चेम्बर पदाधिकारीसंगको भेटवार्तामा भियतनाम नेपाल फ्रेण्डसिप एशोसिएसनका अध्यक्ष ट्रान अन्ह तुवानले नेपालको प्राकृतिक सुन्दरताले आफुलाई निकै लोभ्याएको बताए । नेपालसँग सहकार्य गर्न आफुहरु तयार रहेको र लगानीका क्षेत्रहरु खोज्नुपर्नेमा उनले जनाए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको