रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो ७०औँ जन्म दिनमा अनौठो उपहार प्राप्त गरेका छन् । युक्रेनविरुद्ध ७ महिनादेखि हमला गरेका पुटिनले ट्र्याक्टर उपहार प्राप्त गरेका हुन् ।
पुटिनका बेलारूसी सहयोगी अलेक्जेन्डर लुकासेन्कोले सो उपहार दिएका हुन् । रुसी सहर पिटर्सवर्गको भ्रमणका क्रममा लुकासेन्कोले उक्त उपहार दिएका हुन् । पुटिनलाई ट्र्याक्टर उपहार दिएको लुकासेन्कोले पुष्टि गरेका छन् ।
युरोपको स्व–शैलीका ‘अन्तिम तानाशाह’ लुकासेन्को सन् १९९४ देखि सत्तामा छन् । युक्रेनमा रुसी हमलाको उनले समर्थन गर्दै आएका छन् । लुकासेन्को पुटिनका निकट मित्रसमेत हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस