Like us!
Follow us!
Connect us!
Watch us!

दशैँपछिकाे पहिलाे काराेबार दिन : एक घण्टामा १८ अंकले बढ्याे नेप्से परिसूचक

नेप्से

आइतबार, २३ असोज २०७९, १२ : ०६ मा प्रकाशित

दशैँपछिकाे पहिलाे काराेबार दिन : एक घण्टामा १८ अंकले बढ्याे नेप्से परिसूचक

दशैँकाे बिदापछि आज (आइतबार) बाट सेयर बजार खुलेकाे छ । दशैँपछिकाे पहिलाे काराेबार दिन हालसम्म नेप्सेले उकालाे यात्रा तय गरिरहेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार याे समाचार तयार पार्दासम्म सेयर कारोबार मापक नेप्से परिसूचक १८.७४ अंकले बढेर १८७२.५०विन्दुमा पुगेकाे छ । नेप्से १.०१ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.४६ अंकले बढेर ३६६.८९ विन्दुमा पुगेकाे छ । 

कूल १९४ वटा कम्पनीकाे ३ लाख ३७ हजार एक सय ८५ कित्ता सेयर खरिदबिक्री हुँदा १२ करोड ३७ लाख ५९ हजार ८ सय ३९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

याे समाचार तयार पार्दासम्म म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूह उकालाे लागेका छन् ।

यसअघि दशैँ अगाडिकाे अन्तिम काराेबार दिन (असाेज १३ गते, बिहीबार) पनि सेयर बजारमा सकारात्मक संकेत देखिएकाे थियाे । यसअघि अन्तिम काराेबार दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १६.२९ अंकले बढेर १८५३.७६ विन्दुमा पुगेकाे थियाे ।

63426a6b98415.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको