Like us!
Follow us!
Connect us!
Watch us!

आरजुले गरिन् देउवाको उम्मेदवारी दर्ता

अर्थ संसार

आइतबार, २३ असोज २०७९, १६ : ५४ मा प्रकाशित

आरजुले गरिन् देउवाको उम्मेदवारी दर्ता

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी उनकी पत्नी आरजु देउवाले दर्ता गराएकी छन् ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर आरजुले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएकी हुन् ।

देउवाको प्रस्तावक कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौत र समर्थक पार्टी जिल्ला उपसभापति डिल्लीराज जोशी छन् । देउवा डेल्धुरामा २०४८ सालदेखि निरन्तर विजयी हुँदै आएका छन् । देउवाको यो आठौं निर्वाचन हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको